-
सिड्नी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो । पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । जितका लागि अस्ट्रेलियाले भारतसामु ४०७ रनको चुनौती दिएको थियो ।
कुनै पनि टिमले सिड्नीको खेल मैदानमा चौथो इनिङमा २८८ भन्दा बढी रन बनाउन सकेका थिएनन् । सन् २००६ मा दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाले चौथो इनिङमा सर्वाधिक बढी रन पछ्याएर खेल जितेको इतिहास छ ।
भ्रमणकारी टोली भारतले आफू विजयी हुने आकांक्षा राखेको देखिएको थिएन । भारतीय ब्याट्सम्यान हनुमा बिहारीले १६१ बलको सामना गरेर २३ रन मात्र बनाएका थिए । रविचन्द्रन अश्विनले पनि ११८ बल खेल्दै महत्वपूर्ण ३९ रन बनाएका थिए । दुबैले भारतीय टोलीको स्कोरलाई ३३४ सम्म पु¥याएका थिए ।
भारतका लागि रिषभ पन्तले ११८ बल खेल्दै विस्फोटक ९७ रन बनाएका थिए भने चेतेश्वर पूजाराले ७७ रन बनाए । यससँगै चेतेश्वरले टेस्ट खेलमा ६,००० रन पूरा गरे ।
अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ तथा दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३१२ बनाएर भारतसामु जितका लागि ४०७ रनको चुनौती दिएको थियो ।
भारतले पहिलो इनिङमा २४४ तथा दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३३४ रन बनायो । रासस/एएफपी
News Desk 0 response सोमवार, पुस २७, २०७७

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/janaprashasan/public_html/wp-includes/functions.php on line 5143सम्बन्धित शीर्षकहरु
-
कृषि बजारका अध्यक्षसहित तीन विरुद्ध भ्रटाचार मुद्दा
बुधबार, माघ ७, २०७७ -
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बुधबार, माघ ७, २०७७ -
भारतले नेपाललाई अनुदानमा दियो १० लाख डोज..
बुधबार, माघ ७, २०७७ -
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७
-
कृषि बजारका अध्यक्षसहित तीन विरुद्ध भ्रटाचार मुद्दा
बुधबार, माघ ७, २०७७ -
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बुधबार, माघ ७, २०७७ -
भारतले नेपाललाई अनुदानमा दियो १० लाख डोज..
बुधबार, माघ ७, २०७७ -
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७