• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ८०० ले घटेको । प्रतितोला ७०० ले सोमबार बढेको मूल्य आज पुनः ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार प्रतितोला ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । प्रतितोला १ हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने १ हजार ३०० मूल्य निर्धारण भएको छ ।