• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० ले बढेको छ । शुक्रबार र आइतबार स्थिर रहेको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९४ हजार २०० रहेकामा आज प्रतितोला ९४ हजार ९०० पुगेको छ । त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार १ हजार २८० मा कारोवार भएको थियो ।