• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला ९०० ले आज ओरालो लागी ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै चाँदी प्रतितोला ५० ले घटेको छ । प्रतितोला १ हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला १ हजार २६५ मा कारोवार भएको छ ।