

-
काठमाडौं । सरकारले उखुु किसानको माग सम्बोधन गर्न छलफलका लागि बोलाए पनि किसानले अस्वीकार गरेका छन् । चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरुले वार्ता अस्वीकार गरेका हुन् ।
यसअघिको उधारो सम्झौताले किसानले अझै पनि उखुको भुक्तानी पाउन नसकेको भन्दै उनीहरुले बक्यौता भुक्तानी भए आफूहरु तत्काल घर फर्कने बताए । उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले आफूूहरु वार्ताको विरोधी नभएको र किसानले पाउनुपर्ने रकम भुक्तानी हुनेबित्तिकै घर फर्कन तयार रहेको बताए । “गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई उद्योगीबाट तत्काल बक्यौता भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएको भए पनि पूरा भएन, यही अवस्थामा घर फर्किए किसानले पाउनुपर्ने रकम पाउँछन् भन्ने विश्वास छैन”, उनले भने ।
आन्दोलनरत किसानले पाउनुपर्ने रकम राज्य कोषबाट भुक्तानी गरिदिन आफूहरुले मौखिकरुपमा सरकारलाई आग्रह गरेको उनले बताए । “किसानले पाउनुपर्ने सम्पूर्ण रकम सरकारले राज्यकोषबाट भुक्तानी गरिदिए हामी घर फर्कन्छौँ”, उनले भने, “किसानलाई भुक्तानी गर्नुपर्ने रकमको ब्याजसहित उद्योगीबाट सरकारले असुलउपर गरोस्, यो हाम्रो माग हो ।” सङ्घर्ष समितिले राज्य कोषबाट किसानलाई तत्काल भुक्तानी दिन र उद्योगीबाट ब्याजसहित असुलउपर गर्न सरकारलाई लिखित आग्रह गर्ने तयारी गरेको उनको भनाइ छ ।
यता उद्योग मन्त्रालयले भने उखु किसानले उठाएका विषय सम्बोधन गर्न तयार रहेको भए पनि किसान छलफलका लागिसमेत तयार नदेखिएको जनाएको छ । मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले उखु किसानलाई समस्या समाधानका लागि छलफलमा पटकपटक बोलाइएको बताए । “हामीले वार्ताका लागि उखु किसानलाई बोलाएका छौँ”, उनले भने, “किसान छलफलका लागि आउनुुभएको छैन ।” रासस
News Desk 0 response बुधबार, पुस १, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



