

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ । स्टकका अनुसार नेप्सेमा ५६.७२ अङ्कले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.०४ ले वृद्धि भई ३८८.१६ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर रु सात अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूह २१.१५ ले ओरालो लाग्दा बैंकिङ २२.१, व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२, वित्त ३.३४, निर्जीवन बीमा ३७.१४, उत्पादन १०६.०५, अन्य ६३.३९, लघुवित्त १३६.२१, जीवन बीमा १ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ ।
कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ३९ लाख ९९ हजार ६६८ बराबरको कारोवार भयो । यस्तै पुनरबीमा कम्पनी रु ४६ करोड १५ लाख ३३ हजार ८०४, नेशनल लाइफ इन्स्योरेन्स रु ४२ करोड एक लाख ४३८, नबिल बैंक रु ३२ करोड ७९ लाख ६ हजार ८५९, शिखर इन्स्योरेन्स रु २४ करोड ८० लाख ९० हजार ९३२, एनआइसी एशिया बैंक रु २२ करोड ३५ लाख चार हजार ५२५, शिवम् सिमेन्ट रु १९ करोड ४५ लाख ४५ हजार ७७५, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ८५ लाख १५ हजार १९४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
प्राइम लाइफ इन्स्योरेन्स १०, ग्लोबल आइएमई लघुवित्त ९.९९, नारायणी डेभपलमेन्ट बैंक ९.९८, नेपाल लाइफ इन्स्योरेन्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, माहुली सामुदायिक लघुवित्त ९.९६, नेशनल माइक्रोफाइनान्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, नेशनल माइक्रोफाइनान्स ९.९६, माहुली सामुदायिक लघुवित्त ९.९६ र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए ।
यसैगरी, लिवर्टी इनर्जी ५.७९, यूनिलिभर नेपाल ४.९५, माउण्टेन हाइड्रो ३.८३, कृषि विकास बैंक ३.०८, रिडी हाइड्रोपावर २.५०, हिमालयन ऊर्जा विकास कम्पनी २.३७, रसुवागढी हाइड्रोपावर २.३३, हिमाल दोलखा हाइड्रोपावर कम्पनी २.१६ प्रतिशतले गुमाएका छन् । रासस
News Desk 0 response सोमवार, मंसिर २९, २०७७

सम्बन्धित शीर्षकहरु
-
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



