• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० ले वृद्धि भई ९० हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै चाँदी प्रतितोला एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा ३५ ले वृद्धि भएको हो ।