

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकमसमेत झण्डै रु नौ अर्बको हाराहारीमा पुगेको छ ।
आइतबार झण्डै ७५ अङ्कले बढेको नेप्से आज २८.७९ विन्दुले वृद्धि हुँदा एक हजार ९९७.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५.५६ मा पुगेको छ । कूल १९८ कम्पनीको दुई करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर रु आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।
बैंकिङ ७.३८, विकास बैंक ४८.१४, वित्त ५.४१ र सामूहिक लगानी कोष ०.१३ विन्दुले घटेको छ । यस्तै व्यापार १५१.०७, होटल ४.९६, जलविद्युत् ८९.२३, निर्जीबन बीमा १९३.०४, उत्पादन ७३.६३, अन्य ४०.२८, लघुवित्त ३७.६ र जीवन बीमा ८२३.३६ विन्दुले उकालो लाग्यो ।
कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ४८ लाख ८६ हजार ७७२ बराबरको कारोबार भयो ।
नेपाल पुनर्बीमा कम्पनी रु ३७ करोड ३४ लाख ११ हजार १०९, प्रभु बैंक रु ३६ करोड ७१ लाख ३९ हजार ९३६, नेपाल बंगलादेश बैंक रु ३३ करोड ३३ लाख २७ हजार ७८४, ग्लोबल आइएमई बैंक रु २७ करोड दुई लाख ३२ हजार २१३, नेपाल इन्भेस्टमेन्ट बैंक रु २४ करोड ८६ लाख चार हजार ५२५, नेपाल बैंक रु २४ करोड ६० लाख ७५ हजार , नबिल बैंक रु २२ करोड ९७ लाख १३ हजार १४० र एनएमबी बैंक रु २२ करोड ५४ लाख ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
आज कारोबार भएका कूल कम्पनीमध्ये ११० कम्पनीको शेयर उकालो लाग्यो भने ५६ कम्पनीको शेयर ओरालो लाग्दो छ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । स्टकका अनुसार, युनाइटेड मोदी १०, माथिल्लो तामाकोशी ९.८०, ग्रिन डेभलपमेन्ट बैंक ९.७०, नेपाल बङ्गलादेश बैंक ९.६९, साञ्जेन जलविद्युत् कम्पनी ९.६२, रसुवागढी हाइड्रोपावर ९.६१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९.४४, साल्ट टे«डङ कर्पोरेसनका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाए ।
त्यसैगरी विशाल बजार कम्पनी १०, बोटलर्स नेपाल तराई ५.४२, लुम्बिनी विकास बैंक ४.१०, गरिमा विकास बैंक ३.७९, प्राइम बैंक ३.७७, श्री इन्भेस्टमेन्ट बैंक ३.६७, नेपाल एसबिआई बैंक ३.४४, महालक्ष्मी विकास बैंक ४.३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ३.३२ प्रतिशतले गुमाए ।
आजको वृद्धिसँगै कूल बजार पूँजीकरण भने रु २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख ६० हजार ७९० बराबर पुगेको छ । नेप्से र कारोबारमा उच्च अङ्कले भइरहेको वृद्धिका कारण कूल बजार पूँजीकरणसमेत झण्डै रु २७ खर्ब बराबर पुगेको हो । रासस
News Desk 0 response सोमवार, मंसिर १५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



