

-
काठमाडौं ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले बिभिन्न आरोपसहित प्रस्ताव तयार गरेपछि त्यसको जवाफ दिँदै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले ती आरोप खारेज गरेका छन् । खारेजीसँगै ओलीले सचिवालय सदस्यहरुलाई सम्वोधन गरेर गम्भीर बन्न आग्रह गरेका छन् । ओलीले पार्टीलाई अल्पमत बहुमत भन्दा पनि महाधिबेशनसम्म सहमतीमा लैजान आग्रह गरेका छन् । आफूलाई लागेको आरोपको खण्डन र खारेज गर्दै सचिवालयका सदस्यलाई यसरी सम्वोधन गरेका थिए ।
सचिवालयका कमरेडहरु,
माथि, मैले मेरा विरुद्ध कमरेड पुष्पकमल दाहालले लगाउनु भएका
आरोपहरुको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु । म कमरेडहरुलाई
आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय
बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण
गरेको सहज अवस्थामा फर्काऔँ । म आश्वस्त पार्न चाहन्छु– म विचारमा,
संगठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन दिन्नँ । पार्टीका सबै
कमरेडहरुलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्न
प्रतिवद्ध छु । म सबैको जिम्मा लिन तयार छु । नयाँ पुस्तालाई एकीकृत, सग्लो,
जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्य
सहितको पार्टी हस्तान्तरण गरेर अवकास लिने मेरो इच्छा छ । सब्घीय
लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने गरी सुदृढ गरेर
समृद्धिको बाटोमा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिहरुलाई हस्तान्तरण
गरेर विदा हुने मेरो इच्छा छ । सबैलाई कम्युनिष्ट हुनुको गौरववोध गर्ने, ठाडो
शिर लगाएर रातो झण्डा बोकेर हिँड्ने अवस्था सिर्जना गर्ने इच्छा छ । मेरा
लागि नेपाल राष्ट्र, नेपाली जनता, नेपालको विकास, नेपालीको सुख भन्दा माथि
केही छैन । यी महानकार्यहरु सम्पन्न गर्न प्रगतिशील आन्दोलन र हाम्रो दललाई
सफल बनाउने मेरो अठोट छ । यसकालागि एकतामा मैले संधै जोड दिएको छु,
दिनेछु ।
कमरेडहरु, नेपालको कम्युनिष्ट आन्दोलन आज ७२ वर्ष पुग्न लागेको छ ।
मुलुकबाट सामन्तवादको अन्त्य, निरब्कुश राजतन्त्रको समाप्ति र लोकतान्त्रिक
गणतन्त्र प्राप्तिका लागि यस आन्दोलनले नेतृत्वदायी भूमिका खेलेको छ । यसका
लागि हामीले गर्व गर्न सक्छौँ, गर्नुपर्छ । त्यसको उचित मूल्याब्कन नेपाली
जनताबाट समेत भएको छ । परिवर्तनका लागि खेलेको भूमिका बापत आज
हामीलाई मुलुकको नेतृत्व गर्ने अभूतपूर्व अवसर प्राप्त भएको छ । तर यो हाम्रो
सर्वोच्च उपलव्धि होइन । यो त निरन्तर उपलव्धिको शृब्खला मात्रै हो । ठिक
ढङ्गले काम गर्दै जाने हो र एकतावद्ध रुपमा अगाडि बढ्ने हो भने हाम्रा अगाडि
निरन्तर सफलता र उपलव्धिका अनेर्कौ संभावनाहरु विद्यमान छन्। म एकदमै
आशावादी छु । तर यसका लागि हामीले आज आफूलाई यस भूमिकामा अब्बल
साबित गर्नु पर्ने छ, समृद्धि र विकासको च्याम्पियनका रुपमा स्थापित गर्नु पर्ने
छ । कोरा बहसमा होइन, जनताको जीवन बदल्नमा अब्बल साबित हुनु पर्ने छ।
हामीलाई जनताले गरेको विश्वासलाई सही प्रमाणित गर्नु पर्ने छ । हामी यस
विषयमा केन्द्रित हुनु पर्छ ।
दुखका साथ भन्नु पर्छ, हामी यस विषयमा चिन्तित देखिएका छैनौं । हाम्रा बैठक
र भेटघाटको अधिकांश समय व्यक्तिगत गुनासो, मान–अपमान र कुर्ची
व्यवस्थापनमा जान्छ । कुन दिन हामीले एजेण्डा बनाएर अबको दस, बीस या
तीस वर्षपछि नेपाललाई कहाँ पु¥याउने भन्ने बारेमा छलफल गरेका छौँ ? कुन
दिन हामीले ।।।ल, वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि राम्रो हो, यसलाई दिगो
बनाउन यो यो काम गर्नुपर्छ’ भनेर छलफल गरेका छौँ ? ल, बितेका दुई वर्षमा
सरकारले गरेका यी यी काम या उपलव्धि सकारात्मक छन्, अब यसरी अगाडि
बढ्नुपर्छ भनेर हौसला, सकारात्मक प्रचार या जनतामा आशा जगाउने काम
गरेका छौँ ? या, कोरोना महामारीबाट सिर्जित बहुआयामिक सब्कटको
समाधानका लागि समग्र विषयमा संवेदनशील भएर बहस गरेका छौँ ? यो वर्ष
दशककै सबैभन्दा विनाशकारी बाढी पहिरोले जनधनको ठूलो क्षति भयो ।
भूकम्पका बेला ५० हजार स्वयंसेवक परिचालन गरेर तीन महिनामा २७ हजार
भन्दा बढी घरटहरा बनाउने गरी अभियान चलाउन सक्ने हाम्रो आन्दोलन आज
बाढीपहिरो पीडितलाई सहयोग गर्न परिचालित होऊ भनेर कार्यकर्तालाई
आह्वान पनि गर्न नसक्ने गरी जड कसरी बन्न पुग्यो ? छुवाछुत र जातीय
विभेदका, महिलामाथि यौनहिंसा र श्रमिकमाथि उत्पीडिन हुँदा हाम्रा
कार्यकर्ताहरुलाई अग्रपब्क्तिमा उभिएर जनताको बीचमा पुग्ने गरी परिचालित
गर्न के विषयले छेकेको छ ? जनताका यी समस्याहरु हाम्रो बैठकमा किन
एजेण्डा बन्दैनन्? किन यस्ता विषयले हामीलाई पोल्दैन ?
गम्भीर आत्मसमिक्षा गरौं कमरेडहरु, र जनचाहना अनुरुप अगाडि बढौँ ।
मेरो आग्रह छ, कुनै पनि महाधिवेशन÷अधिवेशनहरुबाट निर्वाचित नभएका,
महाधिवेशनसम्मको सब्क्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका रसहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य
News Desk 0 response शनिबार, मंसिर १३, २०७७
अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो
नबनाऔँ । हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन
गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (
माओवादी–केन्द्र) का दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता र
एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि
सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई
महाधिवेशन÷अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ । तीन
महिनाभित्र सक्ने भनिएको सब्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने
काममा केन्द्रित बनौँ । विचार, विधि, सब्गठन र नेतृत्वको प्रश्नको समाधान
यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।
सबै कमरेडहरुलाई यस अभियानमा साथ र सहयोगका लागि हार्दिक आग्रह
गर्दछु ।

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष सेवा विधेयक पारित
सोमवार, साउन २५, २०८३-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



