

-
काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले वृद्धि भई ३६५.१८ मा पुगेको छ । साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से आज साताको अन्तिम दिनमा उकालो लागेर नै बन्द भएको छ ।
कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जीबन बीमा १६५.०१, लघुवित्त १६.६५, जीवन बीमा १३४.३२ बिन्दुले ओरालो लागेको छ ।
कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, नविल बैंक रु ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट रु २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड रु २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक रु २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी रु २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक रु १७ करोड ६३ लाख १४ हजार ७५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
आज कारोवार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ । कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.७९, आँखु खोला जलविद्युत् कम्पनी ९.५९, नविल बैंक ८.८६, कुमारी बैंक ६.५६, नेपाल बङ्गलादेश बैंक ५.६२, चिलिमे जलविद्युत् कम्पनी ५.४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५.१० प्रतिशतले कमाए । यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६.१८, ङादी ग्रुप अफ पावर ५.८८, बोटलर्स नेपाल तराई ५.६७, सांग्रिला डेभलपमेन्ट बैंक ५.३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३.९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए । रासस
News Desk 0 response बिहिबार, मंसिर ११, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



