• काठमाडौं ।
    बिगत २७ बर्षदेखि निर्यात ब्यवसायमा संलग्न नरेशलाल श्रेष्ठले नेपाल बाट बिदेशमा निर्यात हुने उद्योग ब्यवसायको प्रबद्र्धन गर्न आफूले उद्योग बाणिज्य महासंघमा उम्मेदवारी दिएको खुलाएका छन् । आयातको तुलनामा निर्यात उद्योग ब्यवसाय साह्रै कम भएका कारण यसको बृद्धि गर्न आवश्यक रहेको श्रेष्ठले बताए । सिन्धुपाल्चोकको बाह्रबिसेका सामान्य परिवारका श्रेष्ठ अहिले नेपाल बाट निर्यात हुने सामानको ब्यपार गर्ने मध्येमा अग्र भागमा रहेका छन् । नेपाली हातेकागजका सामान निर्माण गरेर बिदेश निर्यात गर्ने श्रेष्ठले जलबिद्युत तथा होटल क्षेत्रमा पनि लगानी गरेका छन् । सयौं युवालाई रोजगार पनि दिएका नरेशलालले उद्योग बाणिज्य महासंघका बस्तुगत समुह बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

    उद्योग ब्यवसायको स्तर बृद्धिका साथै यसको गरीमा उँचो बनाउन आफ्नो उम्मेद्वारी रहेको श्रेष्ठले प्रतिकृया दिए । बिशेषगरी बस्तुगत तर्फको समस्या समाधानमा केन्द्रीत हुने श्रेष्ठको योजना छ । बिभिन्न सामाजिक संघसंस्थामा पनि कृयाशिल रहेका श्रेष्ठ ब्यापार ब्यवसायका अलवा सामाजिक काममा पनि सकृय छन् । श्रेष्ठलाई धेरै उद्योगी ब्यवसायीले उम्मेदवारीका
    लागि हौसला दिएका छन् ।

    नेपालमा आयात भन्दा धेरै निर्यात भईरहेको अवस्थामा निर्यात बृद्धि गर्ने योजना बनाउन पनि उम्मेदवारी दर्ता गराएको श्रेष्ठको भनाई छ । नीजि क्षेत्रको उत्थाननै आफ्नो प्रमुख लक्ष्य रहेको कारण महासंघको केन्द्रीय सदस्य बन्न लागेको श्रेष्ठको भनाई छ ।
    नेपालमा निर्यात ब्यापारको प्रबद्र्धन गरेमात्र देशको आर्थिक विकास हुने कारण पनि राज्य पक्ष र निजी क्षेत्रले यस तर्फ ध्यान दिएर नीति निर्माण गर्न आवश्यक रहेको श्रेष्ठको तर्क छ ।