

-
टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकले नेतृत्व गरेका बाहेक सबैले करिब रु डेढ लाख बराबरका दुहुनु भैँसी किनेर व्यावसायिक रुपमा दूध बिक्री गर्न थालेका छन् ।
पहिले भैँसीको दूध खान बजार पुग्नु पर्ने अवस्था रहेकोमा अहिले घरघरै दुहुनु भैँसी भएपछि कृषकलाई दहीमहीको समेत दुःख छैन । गाउँका २० वटा भैँसीबाट दैनिक करिब १०० लिटर दूध बिक्री हुन थालेको स्थानीय सयपत्री कृषि तथा पशुपालन समूहका अध्यक्ष क्षेत्रबहादुर आलेमगरले बताए । मगरका अनुसार दूध खरिद गर्न स्थानीय व्यापारी अटोगाडी लिएर घरघरमै पुग्छन् । भैँसीको दूध प्रतिलिटर रु ६० देखि रु ७० सम्म बिक्री हुने गरेको कृषकहरुको भनाइ रहेको छ । दूध विक्रीबाट गाउँमा मासिकरुपमा करिब रु दुई लाख भित्रिने गरेको कृषक कृष्णबहादुर आलेमगरले बताए ।
तरकारीखेती, फलफूलखेती, बाख्रापालन, कुखुरापालन, मौरीपालनलगायत जुनसुकै कृषिकर्म अपनाए पनि व्यावसायिक रुपमा गर्ने गरेका जगडाँडाका कृषकको मेहनत देखेर थाहा नगरपालिकाले सो गाउँमा व्यावसायिक भैँसी पालनका लागि रु १० लाख विनियोजन गरेको थियो । कृषकको लगानी र कृषि विकास बैंकको ऋणसहित करिब रु ३० लाखको दुहुनु भैँसी गाउँमा भित्रिएको स्थानीय समाजसेवी एवं कृषक प्रेमबहादुर आलेमगरले बताए ।
कृषकले छिमेकी धादिङ जिल्लाको धार्के क्षेत्रबाट आफैँले छानीछानी भैँसी किनेर ल्याएका हुन् । नयाँ व्यवसायको रुपमा कृषक भैँसीपालनतर्फ आकर्षित भएपछि अब उनीहरुलाई व्यावसायिक तालीमको आवश्यकता रहेको थाहा नगरपालिका पशु सेवा शाखाका प्रमुख रुपेशकुमार मिश्रले बताए । उनले एक/एक जना गोठालोसहित सबै भैँसीको पशुबीमा गरिएको पनि जानकारी दिए । भैँसीको पशुबीमा नगरपालिकाले नै गरिदिएको हो ।
नगरपालिका कार्यालयको सहजीकरण र सहयोगमा कृषकको गोठगोठमा दुहुनु भैँसी भित्रिएपछि अहिले स्थानीय कृषकहरुको दिनचर्या फेरिएको छ । उत्पादित दूध सहजरुपमा बिक्री हुन थालेपछि बजारको समस्या नरहेको र भैँसीको स्याहारमै दिन बित्ने गरेको कृषक बताउँछन् ।
चालु आर्थिक वर्षको शुरुमै जगडाँडालाई भैँसीको पकेट क्षेत्र बनाउन सफल भएकोमा अब कृषकलाई भैँसीपालन व्यवसायमा कसरी ‘भ्यालु एड’ गर्न सकिन्छ भनेर सोचिरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । आगामी वर्ष पशु सेवा शाखार्मात थप तालीम, गोठ सुधार तथा पौष्टिक आहार व्यवस्थापनका कार्यक्रमहरु सचालन गरिने उनले बताए । अहिले दुई फेस लाइनबाट विद्युतीकरण भएको गाउँमा तीन फेस लाइनबाट विद्युत् पुर्याउन सके आगामी दिनमा गाउँमै दूग्ध चिस्यान केन्द्र स्थापना गर्ने तयारी रहेको पशु सेवा शाखाले जनाएको छ । कार्यालयले कृषकलाई भैँसीका लागि दाना तयार पार्न प्रयोग गरिने औजार (च्यापकटर) पनि उपलब्ध गराउने योजना बनाएको छ । प्रजनन्का लागि नगरपालिकाकै सहयोगमा कृत्रिम गर्भाधान गराइने कार्यालयले जनाएको छ ।
दुहुनु भैँसीबाट ५–६ महिना पछि विस्तारै दूध कम हुन थाल्ने र छोड्ने भएकाले बाँकी समयमा आयआर्जनको व्यवस्था गर्न कृषकले भैँसीसँगै बाख्रा पालन व्यवसायलाई पनि अघि बढाउने भएका छन् । कृषकले गठन गरेको सयपत्री कृषि तथा पशुपालन समूहले बुधबार उन्नत बोयर जातको व्याडको बोकासमेत खरिद गरेको छ । “भैँसीको दूध नहुने समयमा खसी–बोका बिक्री गरेर आम्दानी लिने योजना छ”, समूहका अध्यक्ष मगरले भने । रासस
News Desk 0 response बिहिबार, कार्तिक २०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



