• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ ।

    महासङ्घले आजका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही सुन प्रतितोला ९५ हजार कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ ।