

-
सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । छ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट विमानस्थलमा झण्डै एक महिनादेखि काम जारी छ ।
एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको छ भने यी सबै क्षेत्रको कालोपत्र गरिने भएको हो । विमानस्थलको रनवे, एप्रोन अर्थात् जहाज पार्किङ, हेलिप्याडलगायतका सबै क्षेत्रमा कालोपत्र गरिने भएको छ ।
रनवेको करिब ४०० मिटर भागमा कालोपत्र कार्य सकिएको र बाँकी रहेको भाग १५ दिनभित्र गरिसक्ने विमानस्थलका इञ्जीनियर अजयकुमार गुप्ताले जानकारी दिए । इञ्जीनियर गुप्ताले भने, “विमानस्थलको रनवे क्षेत्रको भागमा कालोपत्र गर्ने कार्य सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ भागमा पनि गरिने भएको छ ।” विमानस्थललाई यसभन्दा पहिला नै कालोपत्र गरेको भए पनि रनवे केही भागमा कालोपत्र उप्किएका कारण पुनः दुई इञ्चको कालोपत्र गरिएको हो ।”
प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म हजाईजहाज उडान भर्ने भएका कारण १० देखि बेलुका छ बजेसम्म कामदारले कालोपत्र गर्ने काम धमाधम गरिरहेको उनले बताए । निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामग्री तयारी अवस्थामा पारेपछि कामले गति लिएको हो । अलकत्राको काम गर्नका लागि तराईबाट कामदार ल्याएर विमानस्थलको पिचिङ गर्ने कार्य धमाधम भइरहेको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले बताए । कामले दशैँ अवधिमा पनि निरन्तरता पाएको थियो ।
यसअघि नेपालगञ्जबाट हवाईजहाजमा अलकत्राका लागि आवश्यक सामग्री ढुवानी गरेर ल्याइएको र अन्य सामान स्थानीयरूपमै तयार गरिएको थियो । विमानस्थलकै एक छेउमा अलकत्रा बनाउने कार्य पनि बिहानैबाट हुने गरेको छ । विमानस्थल कालोपत्रका लागि नौ करोड ९७ लाख बराबरको लगानीमा निर्माण भइरहेको छ । रासस
News Desk 0 response आइतवार, कार्तिक १६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



