

-
हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् ।
ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका हुन् ।
साथै ती अधिकारीहरुका अनुसार उक्त बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् ।बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् ।
उद्धारकर्मीहरुले हराएका ती सैनिक र अरु स्थानीयहरुको खोजी कार्य जारी नै रहेको बताएका छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको सोमबार बताइएको छ ।भियतनामको मध्य क्षेत्रका कतिपय राज्यहरुमा नै असर परेको छ । जसका कारण यहाँका कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने यहाँका १ लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।
भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ । रासस/सिन्ह्वा
News Desk 0 response सोमवार, कार्तिक ३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



