

-
भक्तपुर । दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ । सूर्यविनायक नगरपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले जानकारी दिएकी छन् ।
नगरपालिकाले कटुञ्जे, चुनदेवी, पाण्डुबजार, सूर्यविनायकक्षेत्रका म्याक्स स्टोर, एम स्टोर, बाराही खाद्य किराना स्टोर, बेष्ट मिनिमार्ट, एजबी स्टोर, युनिक स्टोर, सुष्टि सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरेको थियो । यस्तै सूनपा–४ दक्षिणबाराहीदेखि हुँदै गाम्चासम्मका आरके जनरल स्टोर, जितेन्द्र कोल्ड स्टोर, राजु किराना पसल, शुभमाकर ट्रेडर्स, राधेश्याम स्टोर, बालकृष्ण स्टोर, ग्रिन मार्ट, पाथीभरा किराना स्टोर, जेएलपी स्टोर, लक्ष्मीकृष्ण स्टोर, रेड एप्रोन मार्टमा अनुगमन भएको थियो । अनुगमनमा क्रममा अधिकांश पसलमा मूल्यसूची नराखी एउटै सामानको फरक मूल्यमा बिक्री भएको, म्याद गुज्रेका सडेगलेका सामान बिक्रीका लागि राखिएको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिए ।
उनले बालकोट क्षेत्रका योर च्वाईस लिक्वैर्स स्टोर, लिपी शब्द स्टोर, स्वतिका ट्रेडर्स, सिजन किराना स्टोर, सापकोटा ग्रोसरी, दुर्गा हिमालय स्टोर, मानसी जनरल स्टोर, उग्रचण्डी स्टोर, कृष्ण भण्डार घरलगायतमा भएको अनुगमनमा पनि अखाद्य बस्तु छ्यापछ्याप्ती पाइएको बताए ।
भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बजारमा अखाद्य बस्तु र कुहिएका तथा सडेगलेको बिग्रिएको मासु समेत बिक्री गरेको पाइएको बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयसँग भएको बताउदै गल्ती गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाले प्रशासनलाई पत्र पठाए प्रशासनले कारबाही गर्ने जनाएकी छन् । उनले नगरपालिकाले अनुगमनको निचोडसहित लिखित जानकारी दिएमा कारबाहीका लागि जरिवानासहितको कारबाही गर्ने बताइन् ।
News Desk 0 response सोमवार, कार्तिक ३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



