

-
काठमाडौं । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ ।
संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको हो ।
नेपाल वोटल वाटर उद्योग सङ्घले एकतर्फीरुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेको थियो । उनका अनुसार विभागले सङ्घले गरेको परिपत्र भेटेपछि सङ्घका पदाधिकारीसँग संसदीय समितिको निर्देशनपछि थप अध्ययन गर्ने गरी सहमति गरिएको हो । “हामी निरन्तर बजार अनुगमनका नै हुन्छौँ, तत्काल पानीको बोतल तथा जारमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कारवाही गर्नेछौँ”, उनले भने, “हामीले व्यवसायीलाई नै भनेका छौँ, यदि आजबाट पुरानै मूल्यमा प्रशोधित पानीको बिक्री वितरण नभए तत्काल पक्राउ गरेर कालोबजारी मुद्दा दर्ता गर्छौं ।”
बजारम उद्योगअनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरुपता ल्याउन भन्दै भदौ १० गतेदेखि काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोकमा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो । बजारमा कायम भएकोभन्दा बढी मूल्य निर्धारण भएको भन्दै उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए । समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागूू गरिएको थिएन भने उजुरीमाथि थप कारवाहीसमेत भएको छैन ।
विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार २० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य ५० र एक लिटर पानी भएको बोतलको मूल्य १६ कायम गरेको थियो । नयाँ निर्धारणअनुसार व्यवसायीले १८ गतेदेखि एक जार पानीको मूल्य ५० मा बिक्री गरेका थिए । १८ गतेअघिसम्म प्रतिजार २५ देखि ५० रुपैयाँमा बिक्री गर्ने गरीएको थियो ।
News Desk 0 response मङ्लबार, अशोज २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



