• काठमाडौं ।

    बैंकिङ कसुरमा अदालत बाट फैसला भएर पनि फरार रहेका राजेशवाबु श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गोरखा घर भई काठमाडौं बस्ने श्रेष्ठलाई उच्च अदालत पाटनले १५ दिन कैद र ३४ लाख जरिवाना तोकेको थियो । दीपा थपलियाको जाहेरीका आधारमा मुद्धा चलेका श्रेष्ठलाई चितवन बाट पक्राउ गरिएको सिआईबिका प्रमुख सहकुल थापाले जानकारी दिए ।