

-
पोखरा । लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् ।
केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गरेका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले जीवनको पहिलो प्याराग्लाडिङ उडानको अनुभव निकै स्मरणीय रहेको बताए । “मलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजीकबाट प्रकृतिको स्वच्छ अवलोकनले मलाई निकै ‘फ्रेस’ बनायो ।” उनले सन् २०१२ का सिएनएन हिरो लाक्पा छिरीसँग उड्न पाउँदा पनि छुट्टै आनन्द लागेको अनुभव सुनाए । “लामो समयको बन्दाबन्दी र सधैं एउटै दिनचर्याबाट केही टाढा लाक्पा जीसँगको आकाशको सफर मेरो लागि सदा स्मरणीय रहनेछ”, गौतमले भने ।
पोखराको प्रतिभा उच्च माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीया रोजमेरी ढुङ्गानाले पनि जीवनमा पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङ उडानले निकै रोमाञ्चक बनाएको बताए । “कोभिड–१९ का कारण घरमै बस्नुपर्दा निकै दिक्क लागेको थियो । लामो समय भयो कहीँ कतै घुम्न जान पाएको थिएन, यहीबीच प्याराग्लाइडिङ खुलेसँगै आकाशमा उड्न पाएँ, शुरुमा त निकै डर लागेको थियो पछि बिस्तारै चरा जस्तै बनेर फेवाताल र वरिपरिको सुन्दर दृश्यको मज्जा लिन थालेँ, जमीनमा झर्न नपरे हुन्थ्योजस्तो लागेको थियो ।” उनले जीवनको पहिलो साहसिक खेलको अनुभव सुनाउँदै अब अन्य साहसिक खेल खेल्न पनि आफूलाई थप ऊर्जा मिलेको बताए ।
पोखराको आकाशमा ११ वर्षदेखि उडान गर्दै आएका प्यारापाइलट दुर्योधन खड्का कोभिड–१९ पछि शुरु भएको व्यावसायिक उडानले केही आशा जगाएको बताए । “अघिल्लो वर्ष पोखराका सराङकोटबाट चारपाँच सय उडान हुन्थ्यो, यो मौसम प्यारापाइलटहरुका लागि साँच्चै दशैँ हो तर अहिले मुस्किलले फाट्टफुट्ट पर्यटक देख्दा पनि खुशी हुनुपरेको छ, अहिले संस्थाले सहुलियत प्याकेजमा उडान गरेको जनाउँदै यो अवसरको फाइदा लिन पनि साहसिक खेल पारखीहरुलाई आग्रह गरे ।
पोखरामा लामो समय बन्द रहेको प्याराग्लाइडिङ असोज १५ देखि व्यावसायिक उडान शुरु भएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । “अघिपछि यो मौसममा आकाशभरि प्याराग्लाइडिङ उडानले छपक्कै हुन्थ्यो, हेर्दा पनि निकै आनन्द लाग्थ्यो, तर अहिले आन्तरिक केही पर्यटकमात्र उडेका छन् । लामो समयपछि शुरु भएको व्यावसायिक उडान केही आशा भने जगाएको छ”, भण्डारीले भने ।
पोखरा र आसपासबाट साहसिक खेलमा रुचि राख्नेहरु प्याराग्लाइडिङका लागि पोखरा आउन थालेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान गरिएको छ । पहिले सात हजार ५ सयमा हुने उडान अहिले चार हजार ५ सयदेखि पाँच हजार सम्ममा पोखराको आकाशमा उड्न पाइनेछ । उनले यसअघि दैनिक करीब पाँच उडान हुने गरेको र बन्दाबन्दीपछि दैनिक एक सयदेखि १ सय ५० उडान हुन थालेको जानकारी दिए । पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । ३ सय ५० जना प्यारापाइलट छन् भने करीब एक अर्बको लगानी यस क्षेत्रमा रहेको छ । रासस
News Desk 0 response मङ्लबार, अशोज २०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



