

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.१७ बिन्दुले वृद्धि भई एक हजार ५८६.२९ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.७६ बिन्दुले बढेर ३१३.२२ मा पुगेको छ । कूल १९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता शेयर रु दुई अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर उकालो लागेको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ८.१५, विकास बैंक ७.०९, जलविद्युत् ६६.८३, वित्त ६.०३, उत्पादन ४.७७ र अन्य उपसमूहको शेयर २.०८ बिन्दुले उकालो लागेको छ ।
यस्तै बैंकिङ ०.४६, होटल ०.१५, निर्जीबन बीमा ५७.०२, लघुवित्त ९.२९, जीवन बीमा २५.७९ र सामूहिक लगानी कोष ०.०२ ले ओरालो लागेको छ । कारोबारका आधारमा आज सानिमा माइ हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज रु १० करोड ७० लाख ६८ हजार ७१० बराबरको कारोबार भई शीर्ष स्थानमा रह््यो । यस्तै, नेशनल हाइड्रोपावर रु १० करोड ६ लाख १३ हजार १४२ , अरुण काबेली पावर कम्पनी रु नौ करोड २ लाख ४८ हजार ८४१, अपि पावर कम्पनी रु आठ करोड ९५ लाख ४७ हजार ७९०, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड ३१ लाख ४८ हजार ५८९, हिमाल दोलखा हाइड्रोपावर रु आठ करोड २७ लाख आठ हजार ५८९ र नेपाल बैंक लिमिटेडको रु सात करोड ९९ लाख ६६ हजार ५७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, माउण्टेन हाइड्रो र नेपाल फाइनान्सका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । ती कम्पनीका शेयरमा आज सकारात्मक सर्किट लागेको थियो । यस्तै, रसुवागढी हाइड्रोपावर ९.९५, खानीखोला हाइड्रोपावर ९.९१, कालिका पावर कम्पनी ९.८८, साञ्जेन जलविद्युत् कम्पनी ९.८३ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.८३ प्रतिशतले कमाए । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर ४, एनआरएन लघुवित्त ३.३३, कामना सेवा विकास बैंक ३.१८, एनआइबिएल समृद्धि फण्ड एक ३.०३, कर्णाली डेभलपमेन्ट बैंक २.९९, श्री इन्भेस्टमेन्ट कम्पनी २.६५ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।
News Desk 0 response मङ्लबार, अशोज २०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



