• काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय मा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार एक सयमा कारोबार भएको छ । आइतबारको तुलनामा सुनको मूल्य ४ सय ले घटेको हो ।

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार एक सय ८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।