• काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजि अटोमोवाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा ३ हजार नगद फिर्ता गरी जम्मा १५ हजार रकम छुट प्राप्त गर्ने भएका हुन् । यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू तथा भिजि अटोमोवाइल्सको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजि अटोमोवाइल्सका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ ।

    डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा भिजि अटोमोवाइल्ससँगको यो सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । यस बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ । जस मार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

    यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २ हजार ३ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।