

-
बागलुङ । बीस वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आउनुभएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश भएका छन् । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् । फलामको स्थायी चार टनेलमा लगाइएको गोलभेँडा खेती सुकेपछि यो मौसममा लगानी खेर गएको छ । गोलभेँडामा ओइले रोगको प्रकोप रहेको जनाइएको छ ।
थापाले २० वर्षदेखि बागलुङ नगरपालिका–३ कृषि गाउँमा १४ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी तथा च्याउ खेती गर्दै आएका छन् । “टनेलमा गोलभेँडा सुकेपछि अहिले धमाधम गोलभेँडा हटाउन थालेको छु” उनले भने, “ओइले भन्ने मौसमी रोगका कारण गोलभेँडा सुक्दै गएको हो, यसको पूरै निको गर्ने औषधि हुँदैन ।” उनका अनुसार लगातार एउटै बाली लगाउने स्थानमा यस्तो रोगको प्रकोप बढी हुन्छ । सधैँ तरकारी खेती गरेको स्थानमा रोगको प्रकोप देखिन्छ । कृषि गाउँका अन्य कृषि फर्ममा समेत यो समस्या देखिएको बताएका छन् ।
कृषक थापाले यसको समाधानका लागि पुनः चार पाँच वर्षमा एक पटक धान, गहुँ खेती गर्न आवश्यक रहेको बताउँछन् । माटोमा एकै प्रकारको खेती गर्दा खेतीयोग्य जमीनमा हुने अम्लिय पदार्थ लगायतका तत्वहरुका कारण विभिन्न रोगको प्रकोप हुने भएकाले कहिलेकाही तरकारी खेतीमा अन्नबाली लगाउनुपर्ने आवश्यकता देखिन्छ । ओइले रोगका कारण गङ्गा थापाको मात्रै एक मौसममा एक लाखभन्दा बढी क्षति भएको छ । यस्तो समस्या कृषि गाउँमा मात्रै नभएर अन्यत्र समेत आउने अगुवा किसान गङ्गा थापाको भनाइ छ । बागलुङ–४ गौरिधामका किसान टेकबहादुर विकले ओइले रोगका कारण टमाटर मर्नथालेपछि आफू निरास भएको बताए । यस्तै सोही स्थानका किसान भविलाल विकले टमाटरका बिरुवा फल दिनेवेलामा ओइले रोग लागेर मर्न थालेपछि बिरुवा हटाउन थालेको बताए ।
बिमाडोर भन्ने रोग लागेका कारण तत्कालका लागि त्यस जमिनमा आलु, टमाटर र खुर्सानी जस्ता खेती गर्न नहुँने बागलुङ नगरपालिकाका पशु तथा कृषि शाखा प्रमुख सशी शर्माले बताए । उनले त्यस्तो जमीनमा तत्कालका लागि अन्नबाली लगाउनुपर्ने सुझाव दिन्छन् । गाउँमा मात्रै ५० जनाभन्दा बढी व्यावसायिक कृषकहरुले तरकारी, कुखुरा, माछा, बङ्गुर तथा गाईपालन गर्दै आएका छन् । रासस
News Desk 0 response आइतवार, अशोज १८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



