

-
सिन्धुपाल्चोक ।
चीन र नेपालको स्थल नाकामा अरबौ रुपैयाँको सामान रोकिएपछि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनतर्फको तीन वटा सरकारी निकायलाई चिठी लेखेर सामान पठाउने ब्यवस्था गर्न अनुरोध गरेको छ । नेपालीहरुको तीन ठूला चाडपर्व पनि नजिक आएको कारण पनि आवश्यक सामान नेपाल लैजाने ब्यवस्था गरिदिन संघले अनुरोध पत्र लेखेको हो । चीन नेपालको दुई स्थल नाका तातोपानी र रसुवामा अरवौ रुपैयाँका नेपाली ब्यापारीका सामान अलपत्र अवस्थामा रहेको छ । गर्मी सिजनकै लागि ब्यापारिहरुले ल्याएका सामान पनि रोकिएको छ । यस्ता सामान रोकिँदा धेरै ब्यापारीको उठिबास लाग्ने अवस्था आएको पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारबाट पर्याप्त पहल नभएका कारण चीनको सरोकारवाललाई नै पत्र लेखेर अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले जनाएको छ ।
News Desk 0 response सोमवार, अशोज १२, २०७७
सुरुमै चीनमा उत्पन्न भएको कोरोनाको असरले चीन बाट हुने ब्यापार ठप्प छ । चीन र नेपालबीच हुने स्थल ब्यापारिक नाका तातोपानी र रसुवा नाका धेरै सहज भएपनि यहाँ बाट अहिले ब्यापार ब्यवसाय गर्नेहरु ठूलो मर्कामा छन् । सुरुमा कोरोनाका कारण चीनले नाका बन्द गर्दा समस्या भयो । चीनमा कोरोनाको संक्रमण न्यून भएपनि नेपालमा बढ्दै गएपछि नाकामा अझै समस्या भएको छ । सुरुमा सीमित मालवहाक गाडीहरु नेपाल प्रवेश गर्न दिएपनि पछिल्लो समय नेपालको तर्फबाट पर्याप्त पहल हुन सकेको छैन ।
नेपालको उत्तरी नाका मध्ये एकमात्र तातोपानी नाका २०७२ को भुकम्पसँगै बन्द भएको थियो । तातोपानी बन्द भएपछि रसुवा नाका बाट काम भएको थियो । तर, अहिले दुवै नाकामा ब्यापार ब्यवसाय बन्द छ । २०७२ साल बाट बन्द भएको नाका २०७६ जेठदेखि खुल्यो तर, फागुनदेखि पुनः नाका बन्द भयो । चीनमा कोरोना महामारी देखिएपछि बन्द भएको हो । नेपाली ब्यापारीले ल्याएको सामान चीनको खासा, न्यालम र सिगात्चेमा रोकिएको छ । खासा हुँदै आउने चारसय भन्दा धेरै गाडी सामान रोकिएको छ । यो सामान अघिल्लो डिसेम्वरदेखिनै रोकिएको हो । केही समय थोरै परिणाममा आएको सामान पनि चीन पक्षले पनि पूलमा झारिदिने गरेको थियो । ब्यापारीले ल्याएको एक बर्ष अघिदेखिको सामान रोकिएको छ । यस बारेमा राज्यले धेरै पहल नगरेको ब्यापारीहरुको गुनासो छ । ब्यापारी मात्र होईन एक हजार भन्दा धेरै मालवहाक गाडी, चालक र सहचालक अलपत्र छन् । उनीहरुको रोजीरोटी पनि समस्यामा परेको छ । गर्मीकै लागि ल्याईएको सामान रोकिँदा सामानको ‘सिजन अफ’ भईसकेको छ । केरुङ्गमा त झन धेरै गाडी रोकिएको छ । झण्डै बीस अर्व रुपैयाँको सामान रोकिएको अनुमान छ । जाडोयामको सामान आउनु पर्ने त्यो पनि समस्यामा परेको छ । ब्यापारीले लगानी गरेको सामान रोकिँदा कर तिर्न नसक्ने अवस्था आएको छ । सामान्य रुपमा हेर्दा पनि एक अर्व रुपैयाँ त राजस्वनै संकलन हुने सामान चीनतर्फ रोकिएको छ ।
चीनसँगको कुटनीतिक पहलमा ठोस काम नभएको भन्दै आएको उद्योग बाणिज्य संघले ब्यापारीको समस्या समाधान गर्न आवश्यक भएकाले यो पहल गरिएको अध्यक्ष बेदवहादुर श्रेष्ठले बताए ।
बन्दरगाह मार्ग बाट सामान त आउँछ तर, दश महिनादेखि रोकिएको सामानको पूँजी रोकिएको कारण त्यो संभावना छैन । केरुङ्ग र तातोपानी नाका क्षेत्रमा दश महिनादेखि रोकिएको सामान ल्याउन आवश्यक छ । अझ केरुङमा सामान गत वर्ष पुसबाटै अलपत्र पर्न थालेको हो । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुई पटक बन्द गरिसकेको छ । जेठयता करिब एक महिनामात्रै उक्त नाका सञ्चालन भएको छ ।
यो अवस्थाका बारे जानकारी गराउँदै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनको न्यालम कस्टम, चीनको डिपार्टमेन्ट अफ कमर्श र झाङ्गमू एडमिनिष्टेसनलाई छु्टाछुट्टै पत्र लेखेर सामान नेपाल लैजान सहयोग गरिदिन अनुरोध गरेको हो ।

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


