

-
काठमाडौं । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् ।
कूल २५.४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । आयोजनाको कूल लागत रु चार अर्ब ५६ करोड रहेको छ । सोमध्ये रु तीन अर्ब ४२ करोड रकम ऋण लगानी हुनेछ । आयोजना गोरक्ष हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो ।
आयोजनामा प्रभु बैंकले रु एक अर्ब ८२ करोड, सञ्चय कोषले रु ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामा कूल लागतको २५ प्रतिशत अर्थात् रु एक अर्ब १४ करोड भने लगानीकर्ता कम्पनी र सर्वसाधारणमार्फत उठाउने लक्ष्य राखिएको छ ।
आयोजनाले सुख्खायाममा ४१.६३ गिगावाट घण्टा र वर्षायाममा ९६.६३ गिगावाट घण्टा गरी कुल वार्षिक १३८.२६ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर भइसकेको छ । विद्युत्मा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यमा साथ दिँदै विद्युत् तथा ऊर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्य बमोजिम विभिन्न ४० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको भनाइ छ ।
News Desk 0 response आइतवार, अशोज ११, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३



