

-
काठमाडौं । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन् ।
उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिए । जमैका तलावाजबाट खेलिरहेका उनले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए । योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल भए । ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर सन्दीपको टोली जमैकाले बलिङ रोजेको थियो ।
सन्दीपले खेलको १०औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दै मात्र तीन रन दिएका थिए । खेलको १२औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै उनले चार रन खर्चेर एक विकेट लिए । सो ओभरको पहिलो बलमा नै उनले सिर्फान रदरफोर्डको विकेट लिए । रदरफोडलाई एक रन बनाएको अवस्थामा सन्दीपले आसिफ अलीको हातबाट क्याचआउट गराएका थिए । खेलको १४औं ओभरमा आफ्नो तस्रो ओभर बलिङ गर्दै उनले मात्र एक रन विपक्षी खेलाडीलाई बनाउन दिए । खेलको १६औं ओभरमा सन्दिपले आफ्नो अन्तिम ओभर बलिङ गर्ने क्रममा चार रन खर्चिए । आजको खेलमा उनको बलमा विपक्षी खेलाडीले चौका र छक्का हिर्काउन सकेनन् ।
News Desk 0 response बुधबार, भदौ १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



