

-
मस्को । रसियाली चिकित्सकहरुले साइबेरियाली शहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा रहेका छन् ।
साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमा असहज महशुस गर्नु भएका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई बिमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरुको आरोप छ । बिमानमा चिया पिएलगत्तै असहज महशुस गरेका नाभाल्नी त्यसयता बेहोस छन् ।
नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भनिन्, “अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताएका छन् । उनको अवस्था अस्थिर छ । परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन ।”
नाभाल्नीको टोलीका सदस्यहरुले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क बिमानस्थलमा एउटा बिमान तयारी अवस्थामा राखिएको बताएका छन् । ओम्स्क शहर जर्मनीको शहरबाट करिब ४ हजार २०० किलोमिटर टाढा छ र यहाँबाट बिमानमा छ घण्टा लाग्छ ।
नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन् । तर अधिकारीहरुले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन् । स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ ।
ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताए । तर नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम छ, उनले भने । एपी
News Desk 0 response शुक्रबार, भदौ ५, २०७७

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


