

-
विराटनगर । यस वर्ष धान रोपाइँ गएका वर्षभन्दा धेरै राम्रो भए पनि किसानले रासायनिक मल युरिया पाउन सकेका छैनन् । किसानले आफ्नो प्रयासमा भारतबाट युरिया मल ल्याउँदा सुनसरीका सीतागञ्ज शाखा नहरमा प्रहरी बस्ने र उनीहरुले जबरजस्ती पैसा माग्ने गरेको स्थानीय अजित मियाँले जानकारी दिए ।
किसानले धानलाई पोषण दिने युरिया खेतमा हाल्न नपाउँदा उनीहरु दिनरात मलका लागि छटपटाइरहेका छन् । पूर्व क्षेत्रमा युरिया र डिएपी मल वितरण गर्ने साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरमा युरिया मल छैन । पूर्व क्षेत्रका लागि गएको वर्षमा १५ हजार मेट्रिक टन युरिया मल कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरले किसानलाई उपलब्ध गराएको थियो । मोरङमा मात्रै नौ हजार ६०० मेट्रिकटन युरिया किसानलाई उपलब्ध भएको थियो । अहिले किसानलाई युरिया मल चाहिएको छ तर मल नभएको र आउने टुङ्गो पनि नरहेको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त कार्यालय प्रमुख नवरत्न सुवेदीले जानकारी दिए ।
यसैगरी, साल्ट ट्रेडिङ विराटनगरमा पनि युरिया मल नरहेको तर डिएपी मल तीन हजार ९०० मेट्रिकटन मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले बताए । उनले साल्ट ट्रेडिङलाई भोलिसम्ममा पाँच हजार ६६० मेट्रिक टन प्राप्त हुने जानकारी पनि दिए । अहिले आउने युरिया मल साउन २१ गतेभन्दा पहिले नै आइसक्नु पर्ने तर नआएको र अहिले विराटनगर भन्सारसम्म आइसकेको सूचना प्राप्त भएकाले नै भोलि वा पर्सिसम्म सो परिमाणमा युरिया मल प्राप्त हुने प्रमुख चौधरीले जनाइएको छ । एक हेक्टर जग्गामा दुईदेखि तीन बोरा युरिया मल आवश्यक पर्ने कृषि विकास निर्देशनालयले जनाएको छ ।
पूर्व क्षेत्रको धान रोपाइँको हिसाब हेर्दा धान लगाइने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा हो । यस वर्ष ९५ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । यस हिसाबले धानलाई मात्रै १० लाख २२ हजार ४८७ बोरा युरिया आवश्यक पर्ने देखिन्छ । किसानलाई पर्याप्त मल पुर्याउन नसके उत्पादन राम्रो नहुने र निराशा बढ्ने समस्यालाई अन्त्य गर्न सरकारले समयमै रासायनिक मलको आपूर्ति वा भण्डारण गर्नु पर्ने किसानको माग छ ।
अहिले आफ्नो खेतमा मल हाल्न भारतबाट साइकल वा मोटरसाइकलमा खरिद गरेर ल्याउँदा बाटामा रहेका प्रहरी पोष्टका प्रहरीले अनावश्यक दुःख दिने र प्रतिबोरा ५०० देखि एक हजार माग्ने गरेको किसानको गुनासो छ । रासस
News Desk 0 response मङ्लबार, भदौ २, २०७७

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


