

-
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको हलमा आयोजना गरिएको कार्यक्रममा ६ बोर्ड सदस्यले शपथ लिएका हुन् । सपथ लिनेमा इन्दिरा निरौला, रिम रानाभाट, गोविन्द भट्टराई, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसी छन् । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ खुवाउनु भएको हो । छ जनालाई नयाँ खेलकूद ऐन, २०७७ अनुसार सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।
निरौला र रानाभाट खेलकूद विज्ञका रुपमा, केसी, सम्पन्न र सुवासलाई राष्ट्रिय खेल सङ्घको सिफारिसमा तथा भट्टराईलाई परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी बोर्ड सदस्यमा मनोनयन गरिएको थियो । उनीहरुलाई मन्त्री विश्वकर्माले गत साउन १५ गते बोर्ड सदस्यमा मनोनयन गरेका थिए । शपथ कार्यक्रमपछि मन्त्री विश्वकर्माले चाँडै नै मनोनयन गर्न बाँकी रहेका बोर्ड सदस्य नियुक्त गरी पूर्णता दिने बताए । नयाँ खेलकूद ऐनअनुसार राखेप ३७ सदस्यीय हुनेछ ।
News Desk 0 response सोमवार, भदौ १, २०७७

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



