

-
सिन्धुपाल्चोक । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे– तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ ।
व्यापारिक तथा औषधिजन्य सामग्रीका १५/२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले जनाएको छ । कोभिड – १९ सङ्क्रमण रोकथामको लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोगस्वरुप हस्तान्तरण गरिएका औषधिजन्य सामग्री भन्सारमै रोकिएका छन् । गत असार २४ गतेको बाढीपहिरोले बाह्रबिसेदेखि तातोपानी को २६ किलोमिटर खण्डमा पर्ने दर्जैनौं ठाउँमा क्षति पुर्याएको थियो । सोही समयमा पनि चिनियाँ भू–भागमा पनि ठाउँठाउँमा सडक बिग्रनुका साथै तिब्बत्को न्यालम जिल्लामा अवस्थित क्यारुङ च्छो ताल फुट्ने सम्भावना देखिएपछि चीनबाट सामान पठाउन बन्द गरिएको थियो । साथै मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि उठेर गइसकेको भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए ।
बाढीपहिरो बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको छ । डाक्लाङमा करिब ३०० मिटर सडक पहिरोले बगाएको हुँदा दैनिक उपकरण लगाएर सफा गरे पनि पुनःबगाउने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले बताए ।
सडक अवरुद्ध भएपछि सयौं मालबाहक कन्टेनर केरुङ ह्ँदै रसुवागढी नाका भएर ल्यानुपर्दा ढुवानी भाडा बढी पर्नुका साथै भन्सार जाँचपासमा ढिलाइका कारण व्यापारी मर्कामा परेको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घले बताएको छ ।
News Desk 0 response आइतवार, साउन ३२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३



