

-
इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका सामग्रीसमेत नदिने गरेको गुनासो गरेका छन् ।
कोरोनाका कारण विश्वभरि नै महामारी फैलिए पनि चिया क्षेत्रका लागि भने ‘स्वर्णिम’ समय भएको श्रमिकले बताएका छन् । पछिल्लो समय हरियोपत्तीको मूल्य आकाशिएकाले उद्योगले चियाबाट उल्लेखिय फाइदा लिँदै रहेको श्रमिकले बताएका छन् । श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ तर २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन ।
विसं २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको रकम २०७५ साउन १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइसक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकामा हालसम्म पनि चिया श्रमिकले नपाएको श्रमिकको गुनासो छ ।
श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै चिया क्षेत्र ठप्प गरी ४४ दिनसम्म सडक आन्दोलन गरेका थिए । विसं २०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुङ्गिएको थियो । उक्त सहमतिमा २०७५ साउनदेखि २०७६ वैशाख ३० सम्मको ऐनअनुसार वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले श्रमिकलाई २०७६ चैत मसान्तभित्रमा भुक्तानी दिने उल्लेख छ । यसपटक नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घको केन्द्रीय समितिले आन्दोलनमा जाने जनाएका हुन् ।
News Desk 0 response बिहिबार, साउन २९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३



