

-
वासिङ्टन । अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ ।
डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा मंगलबार गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “निडर लडाकूका रुपमा रहेकी र देशको सेवाका लागि सधैँ क्रियाशील रहनु भएकी ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने भएको छ ।”
सन् २०१६ मा भएको निर्वाचनमा ५५ वर्षीया ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटमा निर्वाचित भएकी थिइन् । अफ्रिकी अमेरिकी महिला माथिल्लो सदनमा निर्वाचित भएका मध्ये उनी दोस्रो हुन् । त्यस अगाडि उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रुपमा कार्यरत थिइन् ।
बाइडेनले छनौट गरेसँगै उनी अमेरिकी इतिहासमा उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने तेस्रो महिला हुने भएकी छन् ।
यसअघि डेमोक्र्याटको तर्फबाट गेराल्डीन फेर्रारो सन् १९८४ मा उपराष्ट्रपतिको उम्मेदवार भएकी थिइन् भने त्यसपछि सन् २००८ मा रिपब्लीकनका तर्फबाट सराह पालिन उपराष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएकी थिइन् ।
बाइडेनले ह्यारिस जस्तो प्रभावशाली, क्षमतावान र प्रतिबद्ध नेतृलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा निकै गौरब र खुशी लागेको बताएका छन् ।
बाइडेनले ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग मिलेर काम गरेको पनि सम्झना गरेका छन् ।
भारतीयमूलकी ह्यारिसकी आमा भारतमा जन्मिनु भएको हो भने बुबा जमैकामा जन्मिएका हुन् ।
अमेरिकामा अहिलेसम्म अश्वेत महिलाले उपराष्ट्रपति पदमा उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् ।
यसअघि राष्ट्रपतिकै उम्मेदवार बन्ने तयारी गरेकी ह्यारिस गत डिसेम्बरमा त्यस प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् । सिन्ह्वा/एएनआई
News Desk 0 response बुधबार, साउन २८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



