

-
काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ । कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने निष्कर्षका साथ साधारण शेयर बिक्रीको क्रम अगाडि बढाइएको सम्बन्धित कम्पनीले जनाएका छन् । यसै क्रममा लमजुङमा आयोजनास्थल रहेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आज एक सार्वजनिक सूचनामार्फत आगामी भदौ ३ गतेदेखि साधारण शेयर बिक्री गर्न लागिएको जनाएको हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता १०० अंकित मूल्यका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्दा बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर आम सर्वसाधरणलाई बिक्री गर्न लागिएको सूचनामा उल्लेख छ ।
सो कम्पनीको शेयरमा प्रतिकित्ता १०० का दरका न्यूनतम १० कित्तार अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी भदौ ७ गतेसम्म हुनेछ भने ढिलोमा आगामी भदौ १७ गते हुने कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्री गर्न लागेको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले आधारभूत अवस्था औसत रहेको जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको भन्ने हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कूल लागत चार अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ ।
कम्पनीले लमजुङमा कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत वर्ष आएको बाढीका कारण आयोजनाको केही भौतिक संरचनामा क्षति पुगेका कारण विद्युत् उत्पादन मिति एक वर्ष पर धकेलिएको हो । आयोजनाले केही समयभित्रै विद्युत् उत्पादन शुरु गर्ने जनाएको छ ।
सरकारले प्रवद्र्धक कम्पनीलाई ३० वर्षका लागि सो आयोजनको अनुमति दिएको छ । आयोजनामा नेपालल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतको लगानी रहेको छ । दोर्दी करिडोरका निर्माण भइरहेका राम्रा आयोजनामध्ये माथिल्लो दोर्दी एक आयोजना पनि एक हो । दोर्दी करिडोरलाई हाइड्रो करिडोरका रुपमा पनि लिने गरिन्छ । उक्त करिडोरमा एक दर्जन साना ठूला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
News Desk 0 response मङ्लबार, साउन २७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



