

-
काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ अङ्कले घटेर एक हजार ३८१.३८ पुगेको छ । सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २८९.५५ मा पुगेको छ । आज १८६ कम्पनीका २३ लाख ४१ हजार ७४६ कित्ता शेयर रु ९२ करोड नौ लाख ९७ हजार ५६ मा खरिदबिक्री भयो ।
कारोबार भएका कुल १२ मध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.९३ अङ्कले घट्दा व्यापार ९.२४, जलविद्युत् ४.१३, अन्य ३.०६, लघुवित्त १.५६ र सामूहिक लगानी कोष ०.०९ अङ्कले घटेका छन् । होटल ३३.८४, विकास बैंक १०.४, वित्त ४.०३, निर्जीवन बीमा ३१.८७, उत्पादन ३.५९ र जीवन बीमा ५०.८ अङ्कले बढेका छन् ।
कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड ८१ लाख १५ हजार १८८ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ५४ लाख १६ हजार ७९४, एनआइसी एसिया बैंकको रु तीन करोड ९९ लाख ६१ हजार २०, एनएमबी बैंकको रु तीन करोड ६० लाख १० हजार २५८, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ३७ लाख ५६ हजार १६६ र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड १३ लाख नौ हजार ६५ मा खरिदबिक्री भयो ।
गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स ९.८२, नेपाल फाइनान्स ९.५५, ग्रीन डेभलपमेन्ट ७.४१ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ६ प्रतिशतले कमाए । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ६.०६ प्रतिशतले गुमाए ।
यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.६८, कालिका पावर कम्पनी ५.३६, अपि पावर कम्पनी ५.२६ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतले गुमाए ।
News Desk 0 response बिहिबार, साउन २२, २०७७


सम्बन्धित शीर्षकहरु

सर्वोच्चको फैसलाले २५ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरुको भविष्य संकटमा
आइतवार, माघ १३, २०८१-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना..
बुधबार, माघ १६, २०८१