

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.७८ अङ्कले घटेर एक हजार ३९६.७८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.१९ ले घटेर २९२.७७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४१.४८, व्यापार १६.७, होटल ७१.४३, विकास बैंक ५४.४, जलविद्युत् १४.४१, वित्त १४.२५, निर्जीवन बीमा २३१.६६, उत्पादन ६६.६२, अन्य १२.२६, लघुवित्त ७४.७७, जीवन बीमा २८३ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।
कारोवारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ५६ लाख ८२ हजार ५४३, एनएमबी बैंक रु आठ करोड ४१ लाख ७२ हजार ८६५, हिमालयन डिस्टिलरी रु सात करोड ३५ लाख १२ हजार २५६, एनआइसी एशिया बैंक रु छ करोड ९९ लाख २६ हजार ३५०, र शिखर इन्स्योरेन्स कम्पनीको रु छ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा आज चौतारी लघुवित्त ९.९८, अजोड इन्स्योरेन्स ९.९७, नेपाल फाइनान्स ९.६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९.७२, ओरियन्टल होटल ७.८८, हिमालन ऊर्जा ७.८४, खानीखोला हाइड्रोपावर ७.२७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६.४९ प्रतिशतले कमाए ।
News Desk 0 response आइतवार, साउन १८, २०७७


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१