-
धनुषा जिल्लास्थित लक्ष्मिनियाँ गाउँका हरिशंकर यादव गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएका यादवले सर्वोदय मावि, पोडेश्वरबाट प्रवेशिका उत्तीर्ण गरे । धनुषा साइन्स क्याम्पस, जनकपुरमा उच्च मावि अध्ययन गरे र जनकपुरस्थित आरआरएम क्याम्पसबाट बीएससी उत्तीर्ण गरेपछि अब मिलेसम्म उच्चशिक्षा पनि अध्ययन गर्नुपर्छ र क्यारियर बनाउनुपर्छ भन्दै हरिशंकर देशको राजधानी आइपुगे । राजधानी आइपुगेपछि केमेष्ट्रीमा विषयमा त्रिवि पढ्न थाल्दा साथीभाइको लहलहैमा लागेर २०६८ मा अनुसन्धान विभागमा खुला रुपमा खोलिएको जागिरको परीक्षा दिन पुगे र त्यहाँबाट उनको जागिरको सुरुआत भयो । केही समय काम गरेपछि लोकसेवा आयोगबाट नासु पनि उत्तीर्ण गरे र राष्ट्रिय महिला आयोगमा तीन वर्ष छ महिनासम्म नासु बने । यो समयसम्म आइपुग्दा हरिशंकरले जनप्रशासनमा एमपीए र पोलिटिकल साइन्समा स्नोतकोत्तर उत्तीर्ण गरे । हालको प्रदेश नम्बर दुईका थुप्रै युवा कामको खोजीमा भारत जान्थे अनि अलिक हुनेखानेहरु ‘लाहुरे’ हुन अरबतिर लाग्थे । सम्पन्नहरुको त के कुरा उनीहरुको लागि युरोप–अमेरिका खुलै थियो । तर हरिशंकरलाई न विदेशी हावा, पानीले तान्यो न उनलाई राजधानीले रोकेर राख्न सक्यो । बरु उनलाई त धनुषाकै स्थानीय स्तरले तान्यो र २०७३ मा जब स्थानीय निकायहरुको शुरु भयो उनी शाखा अधिकृतको रुपमा धनुषाकै मुखियापट्टी मुसहरिया गाउँ पालिकामा प्रशासकीय अधिकृतको रुपमा सेवा गर्न पुगे । लगातार अध्ययन, विशेष सेवा र निजामती प्रशासनको माथिल्लो ओहोदामा खारिएका यादवसँग जनप्रशासन पाक्षिकका लागि केदार आचार्यले गरेको कुराकानी :
नेपाल सरकारको प्रशासनिक सेवाअन्तर्गत स्थानीय निकायमा सर्वप्रथम ठूलो ओहोदासहित पुग्दा कस्तो अनुभव भयो, त्यहाँ भौतिक पूर्वाधारको अवस्था कस्तो थियो ?
ठूलो ओहोदासहित भन्ने त्यस्तो घमण्ड ममा कहिल्यै भएन र अहिले पनि मैले त्यस्तो सोचेको पनि छैन । बरु आफूले सोचेको अध्ययन पूरा गरेपछि पनि आफ्नै जिल्लामा फर्कन पाउँदा अति नै गर्व लाग्यो । निश्चय नै म अधिकृतको रुपमा मुखियापट्टी मुसहरिया गाउँपालिकामा आउँदा त्यतिबेला त्यहाँ स्थानीय निकाय भन्ने बोलीमा मात्र सीमित थियो । व्यवहारमा न त्यहाँ भौतिक संरचना थियो, न त अन्य कर्मचारीहरु नै थिए । यी सबै चिजहरुको संरचना हामीले मिलायौं । अनि स्थानीय निकायको निर्वाचन गरायौं । निर्वाचनपछि सामान्य संरचनाको निर्माण भयो । यसरी मुलुकमा सुरु भएको संघीय अभ्यासको पहिलो चरण त्यो पनि आफ्नै ठाउँमा आइपुगेर सेवा गर्न पाउँदा मलाई अत्यन्त हर्ष लाग्यो ।त्यहाँ कति समय सेवा गर्नुभयो ?
दुई आर्थिक वर्ष धनुषाको मुखियापट्टी मुसहरिया गाउँ पालिकामा प्रशासकीय अधिकृतको रुपमा सेवा गरेपछि सिराहाको औरही गाउँपालिकामा सरुवा भयो । त्यसपछि धनुषाको हंशपुर नगरपालिकामा सरुवा भयो । र, अहिले पछिल्लो समय फेरि धनुषाकै लक्ष्मिनियाँ गाउँपालिकामा आइपुगेको छु ।हामी संघीय अभ्यासको सुरुआती चरणमा छौं । यो अभ्यासमा पनि जनप्रतिनिधि र स्थानीय प्रशासनबीच नै मुनमुटाव छ भनिन्छ । यहाँ स्थानीय निकायमा प्रशासन प्रमुखकै रुपमा कार्यरत हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?
सर्वप्रथम त हामीलाई सङ्घीयता नै किन आवश्यक हो ? हामीले यो प्रश्नको उत्तर खोज्नु आवश्यक हुन्छ । हाम्रो देशको पुरानो शासन व्यवस्था एकीकृत थियो । अहिले भएको गाउँपालिकाको सट्टा गाविस थियो, तर सानोसानो इकाईमा सीमित थियो । त्यो निकाय स्वतन्त्र थिएन । सानोसानो विकासको कामका लागि पनि जिल्लाको मुख ताक्नुपर्ने अवस्थाको थियो । विकास पहुँचमा सीमित थियो । एकीकृत र केन्द्रीय शासनले मुलुकका सबै ठाउँमा एकै खालको विकास नभएकाले संघीयताको सुरुआत गरिएको हो । संघीयता समविकासका लागि सुरु गरिएको हो । अब स्थानीय निकायमा हेर्नुभयो भने जनसेवाको लागि दुईवटा संरचना हुन्छ । एउटा अविच्छिन्न सेवा दिने प्रशासन हुन्छ र प्रशासनिक काममा केही गडबडी हुन्छ कि भनेर रेखदेखको लागि जनताले जनप्रतिनिधि निर्वाचित गरेर पठाएको हुन्छ । जनप्रतिनिधि प्रत्यक्ष हो भने प्रशासन अप्रत्यक्ष । जनतालाई निजामती प्रशासनले सेवा दिन नसक्ला कि भनेर नै जनप्रतिनिधिको आवश्यकता परेको हो । संघीयतामा यी दुवै संस्थाले मिलेर जनतालाई सेवा प्रदान गर्ने हो । संघीयताले त जनतालाई घरदैलोमा नै सेवा उपलब्ध गराउने हो । यो काम स्थानीय निकायबाट भइरहेको हुन्छ । तपाईंले भन्नुभएको जस्तो प्रशासनलाई लाग्ने आरोप त त्यो हो तर जनसेवा प्रदान गर्ने अड्डामा प्रशासन मात्र होइन, जनप्रतिनिधि पनि हुने भएकाले जनसेवाको सवालमा प्रशासन र जनप्रतिनिधिबीच मनमुटाव हुँदैन । जुन यो कुरा म त पदमै बसेर प्रत्यक्ष भोगिरहेको छु ।तराईमा यतिबेला लगातारको वर्षाले डुबानको समस्या पारेको छ, यहाँको गाउँपालिकामा स्थिति कस्तो छ ?
यहाँ खासै जनको क्षति भएको छैन । वस्तीमा पानी पसेको हुनाले केही घरमा पानी परेको हो । तर मुख्य कुराचाहिँ हाम्रो गाउँपालिकामा झण्डैझण्डै ७० प्रतिशतजति किसानले लगाएको धान खेतीको विनास भएको छ । हाम्रो गाविसमा सबैभन्दा बढी विनास १, २ र ३ वडामा औरही खोलाले गर्दा धेरै विनास भयो । अब समस्या के छ भने अहिले धान लगाउने सिजन पनि समाप्त भइसकेको हुनाले किसानसँग बीउ पनि बाँकी छैन । त्यसैले किसानलाई असाध्यै मर्का परेको छ ।प्रदेश नम्बर दुई कोरानाको प्रत्यक्ष महामारीमा परेको प्रदेश हो । त्यसैले लक्ष्मिनियाको अवस्था कस्तो छ ?
कोराना भाइरस (कोविड–१९) बाट हाम्रो गाउँपालिकामा पनि प्रत्यक्ष असर ग¥यो । हामीले यो गाउँपालिकाका सबै घरधुरीलाई माक्स, स्यानिटाइजर, साबुन वितरण ग¥यौं र २ हजार ५ सय घरधुरीसम्म आफैं प्रत्यक्ष पुगेर खाद्यसामग्रीलगायतका राहतका सबै सामग्री वितरण ग¥यौं । यसका अलावा सातै वडामा वडास्तरीय क्वारेन्टाइनको निर्माण ग¥यौं । सुरुमा एक वडामा मात्र थियो क्वारेन्टाइन । पछि केन्द्र सरकारसँग प्रदेश सरकारले आइसोलेसनको जिम्मा लिएका थिए । उनीहरुसँग स्थान थिएन । त्यसैले हामीले हाम्रो स्थानमा आइसोलेसन निर्माण पनि गर्न दियौं र हाम्रो निगरानीमा त्यसलाई सुधार गरेर लग्यौं ।अहिलेको प्रकोपको स्थिति कस्तो त्यता ?
अहिले त्यो धेरै नै कम भइसक्यो ।परीक्षण कम भएर कम भएको हो ?
होइन, हामीकहाँ परीक्षणको दायरा झनै बढेको छ । सुरुमा भारतबाट धेरै नै मान्छेहरु फर्किएका र उनीहरुको परीक्षण गर्दा प्रकोपको दायरा बढेको हो । अहिले त्यताबाट आउनेहरुको संख्या पनि घट्यो र हामीकहाँ संक्रमितको संख्या पनि घट्यो । समयमै सजगता अपनाएको हुनाले कोरोनाको महामारी समुदायसम्म पुग्न पाएन । त्यसैले पनि संख्या घटेको हो ।अब अहिले विदेश गएका युवाहरु स्वदेश फर्किए अब उनीहरुमा बेरोजगारीको समस्या हुन्छ । उनीहरुलाई अब यतै रोजगारी दिएर राख्ने योजना बनेको छ ? कि उनीहरु कोरोना हटेपछि फेरि विदेश नै जाउन् भन्ने चाहना छ ?
वास्तवमा यो हाम्रो सवालमा एकदम रम्रो प्रश्न हो । हामीकहाँ समस्या कस्तो छ भने प्रदेश नम्बर २ स्थित धनुषामा खेतीयोग्य जमिन एकदमै धेरै छ । तर यहाँको प्रायः सबै खेतीयोग्य जमिन बाँझो अवस्थामा छ । यो किन भयो त भन्दा यहाँको दक्ष युवा जनशक्ति सबै रोजगारीको लागि विदेशिएको अवस्था छ । यहाँको बाँझो खेतको त कुरै छोडौं, यहाँ बन्ने आधुनिक घरहरुको बनावटको लागि पनि विहारबाट कामदार आउनुपर्छ । इलेक्ट्रिेसियन, प्लम्बर, सिकर्मी, डकर्मी भवन निर्माणमात्र होइन एउटा घरलाई आवश्यक पर्ने अन्य जनशक्ति पनि यहाँ उपलब्ध छैन । यस्ता कामको निर्भरता विहार नै हो । फेरि यहाँ जनशक्ति नभएको होइन, यहाँको धेरै वडामा दलित वस्ती पनि छ, तर यहाँको जनशक्ति रोजगारीको लागि विदेशिने र यहाँ घरबार चलाउन पनि विदेशी कामदार आउनु पर्ने विडम्बना भनौं या यहाँको विसंगति भनौं वास्तविकता यस्तो छ । अब अहिले नोवेल कोरोना (कोविड–१९) महामारीका कारण भारतलगायत तेस्रो देशबाट धेरै नै कामदाहरु आएर बेरोजगार अवस्थामा बसेका छन् । अब यो जनशक्तिलाई प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत उनीहरुलाई सीपअनुसारको तालिममा अझ दक्ष बनाउने र त्यो तालिमसँगै उहाँहरुलाई रोजगारी पनि यही प्रदान गरिहाल्ने हाम्रो योजना छ । यसो ग¥यो भने मात्र उनीहरुलाई हामी रोक्न सकौंला अन्यथा उनीहरु फेरि पनि बाहिरिने सम्भावना हुन्छ । त्यसरी दक्ष जनशक्तिलाई यही रोक्न सकियो भने एउटा त उनीहरुसँग भएको श्रम यही सदुपयोग हुन्छ र अर्को बाँझो रहेको जमिन पनि क्रमशः खेतीको लागि योग्य हुन्छ ।लक्ष्मिनियाँमा गाउँपालिकाको प्रतिनिधित्व कुन राजनीतिक दलले गर्छ र जनता उहाँसँग कतिको सन्तुष्ट छन् ?
हाम्रो गाविस अध्यक्ष तत्कालीन समाजवादी फोरमबाट निर्वाचित हुनुभएको हो । जुन पार्टी अहिले जनता समाजवादी पार्टी भएको छ । हाम्रो गाउँपालिका अध्यक्ष अति नै धेरै राजनीतिक अनुभए भएको र हाम्रो यो मधेशको राजनीतिको लागि अति सक्षम व्यक्तित्व हुनुहुन्छ । उहाँ स्थानीय राजनीतिमा कहिल्यै पनि जनताको नजरबाट छाया नपर्नुभएको व्यक्तित्व हुनहुुन्छ । उहाँको नाम विन्देश्वर यादव हो । अहिले ७७ वर्षको हुनुहुन्छ । अर्को कुरा उहाँ पूर्वराष्ट्रपतिको आफ्नै गाउँको मान्छे, सँगै पढेको, सँगै राजनीति गरेको व्यक्तित्व हुनुहुन्छ । हाम्रो वर्तमान अध्यक्ष पहिला पनि यही गाउँपालिकाको अध्यक्ष निर्वाचित हुँदा पूर्वराष्ट्रपति डा.रामवरण यादव वडाअध्यक्ष हुनुहुन्थ्यो भन्ने भनाई अध्यक्षको छ । त्यति अनुभवी र पुरानो मान्छे यो गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभएको छ ।लक्ष्मिनियाँमा विकासका पूर्वाधारहरु कसरी अगाडि बढेका छन् ? त्यहाँ असारे विकासको पीडा छ कि छैन ?
सबै ठाउँमा कोरोनाको कहर थियो । तर लक्ष्मिनिया गाउँपालिका पनि त्यसबाट अछुतो थिएन । तर अध्यक्ष अत्यन्त्य पुरानो अनुभवी हुनाले हाम्रो गाउँपालिकामा विगत पुस महिनादेखि नै निरन्तर काम भइरहेको थियो । र त्यो काम अस्तिसम्म पनि जारी हुँदा हाम्रो गाउँपालिकाको योजनाका कामहरु झण्डै ९० प्रतिशत सकिएको अवस्था छ । अर्को कुरा हाम्रो गाउँपालिकामा भएका ६ हजार घरधुरीमध्ये २५ परिवारलाई त हामीले राहत नै बाँडेका छौं ।अन्त्यमा लक्ष्मिनियाँमाका जनतालाई तपाइँको भनाई के छ ?
News Desk 0 response शुक्रबार, साउन १६, २०७७
अहिले संघीयता आएको छ । त्यसैले सरकार तपाईंको घरदैलोमा नै सरकारको प्रत्यक्ष उपस्थिति छ । यो अवस्थामा जनताका समस्या जेजे छन्, ती समस्याहरु जनताले आफ्नो गाउँपालिकामा आएर व्यक्त गर्नुपर्छ । गाउँपालिका जनसेवामा प्रतिबद्ध छ । ंगाउँपालिकाबाट त्यो काम हुन सक्दैन भने कहाँ जाँदा काम हुन्छ, जनताको त्यो काम गराउने जिम्मेवारी गाउँपालिकाको नै हो, त्यसको प्रतिबद्धता गाउँपालिका अथवा स्थानीय सरकारले लिन्छ । अर्को कुरा हाम्रो परम्परागत पेसा कृषि प्रणाली नै हो । त्यसो भएको हुनाले हामी आफ्ना जमिन बाँझो राखेर र परिवारलाई रुवाएर विदेश नजाऔं । प्रचूर सम्भावना हामकहाँ यही छ । हामी यसमा लागौं स्थानीय सरकार तपाईंहरुलाई चाहिले सहयोगको लागि सधैं कटिबद्ध छ । अर्को कुरा, कोरोना महामारी (कोविड–१९) को महामारी कमी भएको जस्तो देखिए पनि त्यो कम भएको छैन, त्यसैले सरकारले जारी गरेको भनाईलाई पूर्णरुपमा पालना गरौं । त्यसो भयो भने हामी यो महामारीबाट जोगिने छौं ।
सम्बन्धित शीर्षकहरु
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
मङ्लबार, अशोज २२, २०८१राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
मङ्लबार, अशोज २२, २०८१-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
मनसुन अझै केही दिन रहने : पूर्वी..
शनिबार, अशोज १९, २०८१