

-
पर्सा । कोरोनाका संक्रमणका कारण पर्साको वीरगन्जमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक वीरगन्जमा रहेको जगदम्बा इन्टरप्राइजेजका सिइओ रहेका छन् । ६५ वर्षीय उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनी भारतीय नागरिक हुन् ।
त्यसैगरी अन्य दुई जना मृतक पनि वीरगन्जकै रहेका छन् । मृत्यु हुनेमा एक ७५ वर्षीय वृद्ध छन् उनको घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा. सिंहले बताए । त्यस्तै अर्का ३५ वर्षीय पुरुषको पनि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा. सिंहले बताए ।
यीसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
News Desk 0 response शुक्रबार, साउन १६, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



