

-
कर्णाली । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।
सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको किसानको जिकिर छ । भेरीगङ्गा – १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताए । “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उनले गुनासो गरे, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ ।
रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले भने । स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पुर्याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो ।
मन्त्री आफैँ खेतबारीमा आएर क्षतिको अवस्था बुझी फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलह देखिएका थिए । प्रतिकूल मौसमका कारण सानोसानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पुर्याउन सक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पुर्याइएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन र चिङ्गाड गाउँपालिकाका केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलहले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन ।
एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए । उनका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदोलगायत बालीमा सलहले क्षति पुर्याएको छ । दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पुर्याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ । रासस
News Desk 0 response बिहिबार, साउन १५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



