

-
विराटनगर । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरको छ ।
कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७४/७५ मा ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजश्व सङ्कलन भएको थियो भने सो अवधिमा ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो । यस्तै, आव २०७५/७६ मा कूल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजश्व सङ्कलन गरेको थियो ।
आव २०७४/७५ मा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गर्न सफल सो कार्यालयले आव २०७५/७६ मा पनि राजश्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण थियो भने गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।
उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजश्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गरेका थिए । अहिले सङ्कलित राजश्व आव २०७५/७५ को भन्दा चार अर्ब ४४ करोड ९६ लाख ५४ हजारले कम हो भने आव २०७५/७६ को तुलनामा नौ अर्ब ९२ करोड ६० लाख ५९ हजारले कम हो ।
विगत तीन वर्षको भन्सारको राजश्वलाई नियाल्दा विभागले लक्ष्य बढाउने र कार्यालयले लक्ष्यअनुसार प्रगति गर्न नसक्दा कर्मचारीमा निराशा मात्र होइन, काम गर्ने जागर पनि घट्ने भएको यसतर्फ विभागको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । गएको आवमा सङ्कलित राजश्वमा भन्सार महसुल १२ अर्ब चार करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार र अन्तःशुल्क एक अर्ब ५५ करोड ३० लाख ६७ हजार छन् ।
News Desk 0 response मङ्लबार, साउन १३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



