

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । कूल १९० कम्पनीका ४५ लाख ६०३ कित्ता शेयर रु एक अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । होटल २.२९, जलविद्युत् २.२ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । बैंकिङ १६.५, व्यापार ८.५१, विकास बैंक ४.७३, वित्त ३.३३, निर्जीवन बीमा २५९.६४, उत्पादन ५.७३, अन्य १३.७९, लघुवित्त २७.६५, जीवन बीमा ३३८.८ अङ्कले बढेका छन् ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ८४ लाख १८ हजार १०७ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी १९ करोड ९४ लाख ५२ हजार ९१६, एनआइसी एशिया बैंक आठ करोड ६१ लाख ८६ हजार २५१, शिखर इन्स्योरेन्स आठ करोड ५७ लाख ६८ हजार १३२, एनएमबी बैंक छ करोड ६७ लाख ३५ हजार १४२, हिमालयन डिस्टिलरी छ करोड ४४ लाख ३० हजार ३८७ र एनआइसी एशिया लघुवित्त छ करोड २९ लाख २५ हजार १५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै, मिर्मिर माइक्रोफाइनान्स ९.९७, तारागाउँ रिजेन्सी होटल ९.९६, जोशी हाइड्रोपावर ८.२३, सगरमाथा इन्स्योरेन्स ८.११, सपोर्ट माइक्रोफाइनान्स ७.५६, प्रिमियर इन्स्यारेन्सका शेयरधनीले ६.१४ प्रतिशतले कमाए । त्यस्तै, वेस्ट फाइनान्स कम्पनी ६.५४, नेशनल हाइड्रोपावर ३.७०, सनराइज फष्ट माइक्रोफाइनान्स ३, समृद्धि फाइनान्स २.८८, रसुवागढी हाइड्रोपावर २.६८ र एभरेष्ट बैंकको संस्थापक शेयरधनीले २.५० प्रतिशतले गुमाए ।
News Desk 0 response आइतवार, साउन ११, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



