

-
दाङ । दाङमा माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा एक करोड बढी लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन एकाइ कार्यालय मौरीजोन घोराही तथा कृषकले सामग्री खरिदमा उक्त रकम लगानी गरेका हुन् ।
माहुरी जोन र कृषकको गरी गत आर्थिक वर्षमा एक करोड पाँच लाख ४० हजार ६९७ लगानी भएको छ । जसमा माहुरी जोनबाट अनुदान ४२ लाख १३ हजार २६९ र कृषकको ६३ लाख २७ हजार ४२८ लगानी भएको मौरी जोन एकाइ कार्यालयका प्रमुख कला बुढाले बताए । अनुदान तथा कृषकको लगानी थपिएसँगै माहुरी तथा माहुरीजन्य उत्पादन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
माहुरी जोन एकाइ कार्यालयले सनराइज बि किपिङ सेन्टर र राइजिङ बि एपियरीलाई गाडी खरिद गर्नका लागि १०÷१० लाख अनुदान दिएको छ भने कृषकले १३ लाख ३९ हजार लगानी गरेको बुढाले बताए । यस कार्यले माहुरीचरण तथा मौरीजन्य सामग्री बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मह सङ्कलन तथा प्रशोधन गरी महको मूल्य तथा गुणस्तर वृद्धि गर्ने उद्देश्यले विशाल मौरी फार्मलाई १७ लाख ६३ हजार २४१ अनुदान दिएको छ । गुणस्तरीय रानी उत्पादन गर्नका लागि तुलसीपुर उपमहानगरपालिका– ७ मुनामदन बी कन्सर्नलाई दुई लाख ५० हजार अनुदान दिएको छ । जसमा कृषकले दुई लाख ६२ हजार ६०० स्व लगानी पनि गरेका छन् । गुणस्तरीय रानी उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिका– ४ मा बी एण्ड बी मौरी फार्मलाई दुई लाख ५० हजार अनुदान दिएको छ भने तीन लाख १० हजार १०० स्वलगानी गरिएको छ । मौरी आरक्षको निर्माण गरी प्रतिकूल मौसमबाट बचाइ गुणस्तरीय मह उत्पादन गर्न घोराही–१८ मा रहेको प्राकृतिक एपिकल्चर सेन्टरलाई दुई लाख अनुदान दिएको छ । जसमा कृषकले दुई लाख २४८ लगानी गरेकोे प्रमुख बुढाको भनाइ छ ।
कार्यालयले दाङ जिल्लामा चरन क्षेत्रको सिजन अफ भएका समयमा अन्य जिल्लामा माहुरी चरनमा जाँदा लाग्ने लागतमा समेत सहयोग गरेको छ । कार्यालयका अनुसार २९ जना कृषकले सहयोग पाएका छन् । यसका लागि पाँच लाख नौ हजार ७०० सहयोग गरेको उनको भनाइ छ । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा माहुरी जोेन कार्यक्रम लागू भएको छ । यसले कृषकलाई माहुरीपालन गर्दा आइपर्ने समस्या समाधान तथा प्राविधिक सहयोग, सामग्रीमा अनुदान तथा अन्य सहयोगसमेत गर्दै आएको छ । रासस
News Desk 0 response आइतवार, साउन ११, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



