

-
काठमाडौं । शनिबार थप १०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि र एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा उनले थपिएका नयाँसहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको जानकारी दिएका हुन् ।
त्यसैगरी बाराको परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा साउन ९ गते शुक्रबार साँझ मृत्यु भएको सो अवसरमा प्रवक्ता गौतमले जानकारी दिएका छन् । यीसँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेका संख्या ४५ पुगेको छ । उनका अनुसार हाल आइसोलेसनमा ५ हजार ३८५ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट थप १०६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म कुल संक्रमितमध्ये कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो निको हुने दर ७०.६ प्रतिशत भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७५ वटा नमूनाको परीक्षण भएको थियो । अहिले देशभरिका क्वारन्टीनमा १८ हजार १८३ जना बसिरहेका छन् ।
News Desk 0 response शनिबार, साउन १०, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



