

-
इलाम । भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर, चिया क्षेत्रका श्रमिक भने अझै सङ्गठित हुन सकेका छैनन् । अधिकांश श्रमिक सङ्गठित नहुनुको कारण आफ्नै उद्योग हो ।
श्रमिक सङ्गठित हुँदा तोकिएको ज्याला दिनुपर्ने, सेवासुविधा बढाउनु पर्ने लगायतका ‘हैरान’ खेप्नुपर्ने भएकाले श्रमिकलाई उद्योगीले एकताबद्ध हुन नदिने श्रमिकको गुनासो छ । श्रमिकका हक हितका लागि श्रम सङ्घ÷सङ्गठन कार्यरत छन् । उद्योगीले अहिले आबद्ध हुनै नदिने गरेको अखिल नेपाल ट्रेड युनियन महासङ्घ इलामका अध्यक्ष उमेश रेग्मी बताउँछन् ।
आफूहरू सङ्गठन विस्तार गर्न उद्योगमा जाँदा उद्योगीले ‘पार्टीगत स्वार्थ लुट्न आएको’ आरोप लगाउने कारण सङ्गठन विस्तार गर्न गाह्रो परेको उनले जानकारी दिए । “हामी पार्टीकै राजनीति सिकाउन खोजे झै गर्छन् । त्यही भएर एकताबद्ध हुन सकेनौँ ।” उनले भने, “श्रमिक त सङ्गठनमा आउन चाहनुहुन्छ तर, उद्योगकै डरले सङ्गठित हुन सक्नुहुन्न ।”
आर्थिक स्थिति कमजोर भएकाले श्रमिकले उद्योग छाडेर अर्कातिर काम गर्न सक्दैनन् भने एकताबद्ध नहुँदा उद्योगविरुद्ध आवाज उठाउन पनि । ‘कम सेवासुविधामा काम लाउन बाध्य’बनाउने उद्योगीले तोकिएको ज्याला त दिँदैनन् नै सोध्न जाँदा श्रमिककै सङ्ख्या लुकाइदिन्छन् । उद्योगमा कार्यरत श्रमिकका बारेमा सोध्दा अधिकांश उद्योगले ‘साह्रै कम्ती’ श्रमिक मात्र देखाउने गरेका छन् । चिया क्षेत्रमा स्थायी, अस्थायी र मौसमी श्रमिक रहने गर्दछन् तर, उद्योगले श्रमिकलाई सेवासुविधा दिनुपर्ने भएकाले स्थायी श्रमिकलाई मात्र देखाउने गरेका छन् । “उद्योगमा काम गर्ने श्रमिक २० वर्षभन्दा माथि काम गर्ने पनि हुनुहुन्छ तर, स्थायी नबनाएकाले कहिल्यै नाम आउँदैन ।” अध्यक्ष रेग्मीले भने ।
वर्षको १० महिना जति मात्र चियाको मौसम हुने भएकाले अस्थायी र मौसमी श्रमिक राख्नु पनि नौला विषय त होइन । लामो समय उद्योगमै कार्यरत श्रमिक अहिलेसम्म गुमनाम बनेका छन् । लामो समय उद्योगमै काम गरे पनि स्थायी हुन नसक्दा धेरै श्रमिक उद्योगले दिएको पारिश्रमिकमै पनि काम गर्न बाध्य रहेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका अध्यक्ष रमेश खड्का बताउँछन् ।
बगानमा काम गर्ने श्रमिकलाई सङ्गठित गर्न सहज भए पनि उद्योगमा कार्यरतलाई भने सकस पर्ने गरेको उनले जानकारी दिए । “धेरैजसो त सङ्गठित नै छन् तर केही केही चाहिँ आउनै सक्दैनन्” उनले भने । छोटो समय मात्रै काम गर्ने श्रमिकलाई त सङ्गठित हुन त्यति जरुरी पर्दैन तर लामो समय चिया क्षेत्रमै कार्यरत श्रमिकले पनि अहिले तोकिएको सेवासुविधा र पारिश्रमिक पाएका छैनन् । त्यसका लागि पनि श्रमिक एकजुट हुनु आवश्यक हो तर, उद्योगले ‘कानूनसँगै नटेर गरेर’ श्रमिक ‘मार्ने’ काम गरेका उदाहरण धेरै छन् । कानूनतःअधिकार लिनका लागि पनि सङ्गठित हुनु आवश्यक रहेको नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङ बताउँछन् ।
उद्योगीका यस्तै प्रविधिले गर्दा अहिले चिया क्षेत्रका धेरै श्रमिक अन्यन्त्र काम गर्ने गरेका छन् । यसैले पनि उद्योगमा श्रमिकको अभाव रहँदै आएको छ तर, पनि उद्योगीले श्रमिकका समस्या नबुझ्ने गरेका छन् । तोकिएको पारिश्रमिक र सेवासुविधा पाउनुपर्ने भन्दै श्रमिकले पटक–पटक आन्दोलनसमेत गर्नुपरेको छ ।
श्रमिकले आन्दोलन गरेर काममा नआउँदासम्म पारिश्रमिक दिने आश्वसन दिए पनि सेवासुविधा घटाउने समेत गरिएको छ । गएको वर्ष मात्रै पनि नयाँ श्रमजीवी नियमावलीमा भएअनुसारको पारिश्रमिक र सेवासुविधा दिनुपर्ने भन्दै आन्दोलन नै गर्नु पर्यो । करिब १५ हजार श्रमिक जिल्लाभर कार्यरत रहेकामा पाँच हजारमात्र स्थायी गरिएको चिया श्रमिक उमेश रेग्मीको भनाइ छ । “काम र क्षमताका आधारमा स्थायी गर्दै जानुपर्ने हो तर, लामो समय काम गर्दा पनि अस्थायी दरबन्दीमै काम गरिरहनु परेको छ ।” उनले भने, “उद्योगीले चियाबाट राम्रै आम्दानी गरे पनि श्रमिकले भने हातमुख जोड्न पनि गाह्रो छ ।”
उनका अनुसार धेरैजसो सङ्गठनमा नेतृत्वदायी क्षमता नभएका श्रमिक भएर पनि सङ्गठन विस्तार हुन सकेका छैनन् भने सङ्गठनमा लागे कामबाट निक्लिनु पर्ने डरले पनि श्रमिक असङ्गठित भएका हुन् । रासस
News Desk 0 response शुक्रबार, साउन ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२