

-
भरतपुर । चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए ।
प्रतिहेक्टर छ हजारका दरले भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका किसानलाई ३५ लाख ३२८ रकम हस्तान्तरण गरिएको उनले बताए । विगतमा गरिएको खेतीका आधारमा किसानलाई रकम उपलब्ध गराइएको हो । लाभान्वित समूहबाट ६६, सहकारीबाट ५४ र उद्यमीबाट ४६ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।
केराखेती गर्ने किसानलाई प्रतिफलका आधारमा अनुदान गर्ने योजना रहेको परियोजनाका कार्यान्वयन प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिए । उनले किसानलाई व्यावसायिकरूपमा केराखेतीमा लाग्न आग्रहसमेत गरे । “पछिल्लो समय किसानको आकर्षण बढ्दो छ”, उनले भने, “किसानलाई स्थापित हुने खालका कार्यक्रम परियोजनामार्फत ल्याएका छौँ ।”
सो अवसरमा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले केरा व्यवसायीले गरेको मेहनतको फलस्वरुप अनुदान रकम हस्तान्तरण गर्न पाउँदा खुशी भएको बताए । नगरपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अझै केराको विस्तार गर्दै जान किसानलाई आग्रह गरे । खेतीयोग्य जमीनको संरक्षण गर्दै कृषि उत्पादन बढाउन नगरपालिकाले ध्यान केन्द्रित गरेको उनले बताए । रासस
News Desk 0 response बिहिबार, साउन ८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३
-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



