

-
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अङ्कले घटेर ३०७.०५ मा पुगेको छ । आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयर रु एक अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।
बैंकिङ २०.७५, विकास बैंक १३.०३, जलविद्युत् २१.४५, वित्त ६.२, निर्जीवन बीमा ३१.१८, अन्य ३.८, लघुवित्त ७.०२ र जीवन बीमा १०९.१२ अङ्कले घट्दा व्यापार २१.८४, होटल ८२.४५, उत्पादन ७४.६४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले बढेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर १४ करोड २४ लाख ८४ हजार २९९ मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैंक १३ करोड ९७ लाख ५२ हजार ८३९, नेपाल पुनर्बीमा कम्पनी १२ करोड ४२ लाख ९१ हजार ८३२, एनआइसी एसिया बैंक ११ करोड ४४ लाख २५ हजार ६१५ र नेपाल लाइफ इन्स्योरेन्सक कम्पनीको शेयर १० करोड २६ लाख ४० हजार ९६६ मा खरिदबिक्री भयो ।
नेप्से घटेपनि आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै श्रीराम सुगर मिल्स ९.७८, समृद्धि फाइनान्स कम्पनी ९.२८, सोल्टी होटल ६.७६, युनिलिभर नेपाल ६.२५ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५.४७ प्रतिशतले कमाए । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशले गुमाउदा गुराँस लघुवित्त वित्तीय संस्था ९, स्पर्स लघुवित्त वित्तीय संस्था ७.५४, घोडीघोडा लघुवित्त वित्तीय संस्था ७.३१, खानीखोला हाइड्रोपावर ६.८० र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.३४ प्रतिशतले गुमाए ।
News Desk 0 response मङ्लबार, साउन ६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



