• काठमाडौं । मंगलबार थप १५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या १७ हजार ९ सय ९४ पुगेको उनले जानकारी दिए ।

    आज थपिने नयाँ संक्रमितमा उपत्यकाका काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जना छन् ।

    त्यसैगरी मुलुकभरका विभिन्न कोरोना अस्पतालबाट थप ६०९ व्यक्ति कोरोना जितेर घर फर्किएको प्रवक्ता गौतमले बताएका छन् । यससँगै मुलुकभर कोरोना जित्नेको कुल संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९६३ वटा नमूनाको परीक्षण गरिएसँगै हालसम्म देशभरी कुल ३ लाख २३ हजार ८३५ जनाको पीसीआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ रहेको छ । त्यस्तै अहिले आइसोलेसनमा ५ हजार ४ सय ७७ जना सक्रिय संक्रिमतको विभिन्न अस्पतालमा उपचार भइराखेको पनि मन्त्रालयले बताएको छ ।