

-
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको लगभग सबै काम सकिएको छ । केही मेशिन मात्र जडान हुन बाँकी रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । कूल एक करोड ६६ लाखको लगानीमा विद्युत् आयोजनाको काम गरिएको छ । वडाध्यक्ष केसीका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक करोड १४ लाख, गाउँपालिकाबाट २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख, स्थानीयको सामाजिक कोषबाट सात लाख र स्थानीयले उठाएको चार लाखको लगानीमा विद्युत् उत्पादनको काम गरिएको छ ।
विद्युत् उत्पादनका लागि आवश्यक केही मेशिनरी सामान जडान गर्न बाँकी रहेकाले सामान आउने बित्तिकै गाउँमा उक्त आयोजनाको विद्युत् बल्ने वडाले जनाएको छ । विसं २०७४ साउनमा सम्झौता भई २०७५ वैशाखबाट शुरु भएको आयोजनाको काम आर्थिक वर्ष २०७६/७७ मै सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण केही समय ढिला हुन पुगेको अध्यक्ष केसीको भनाइ छ । लकडाउनका कारण प्राविधिक जिल्लामा पुग्न नसेकाले केही मेशिन जडान भएका छैनन् । अबको दुई महिनाभित्रै उक्त आयोजनाको बत्ती गाउँमा बल्ने उनले बताए । आयोजनाबाट छिपखोला बस्तीलगायत ठस्के र वडा नम्बर ४ को दादिङ, काडाँका करिब ३०० घरधुरी लाभान्वित हुने वडाध्यक्ष केसीले बताए । अहिले छिपखोलाका ४० घरधुरीले तीन किलोवाट क्षमताको विद्युत्गृहबाट उत्पादित विद्युत् बालिरहेका छन् । रासस
News Desk 0 response सोमवार, साउन ५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



