• काठमाडौं । सोमबार मुलुकभरबाट थप १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ४ हजार २ सय १६ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा १ सय ८६ जनामा कोराना पुष्टि भएको जानकारी दिएका छन् । यीसँगै मुलुकभर अहिलेसम्म १७ हजार ८४४ जना संक्रमित पुगेको उनले बताए ।

    त्यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न कोरोना अस्पतालबाट थप १७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार ८६८ पुगेको छ भने ४० जनाको मृत्यु भएको छ । हाल ५ हजार ९३६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरु सक्रिय संक्रमित हुन् ।

    अहिले क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ पुगेको मन्त्रालयले बताएको छ ।