

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा ३ हजार ७४१ वटा नमूनाको परीक्षण हुँदा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको उनले बताए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमित निको भई घर फर्केको मन्त्रालयले बताएको छ । यीसहित हालसम्म ११ हजार ६९५ जना कोरोना जितेर निको भएका छन् । यो कुल संक्रमितको ६६ प्रतिशत हो । संक्रमितमध्ये हालसम्म ४० जनाको मत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ३ लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण गरिएको छ । कोरोना आशंकामा हाल मुलुकभरका क्वारन्टीनमा २२ हजार ६६२ जना रहेका छन् । त्यस्तै आइसोलेशनमा ५ हजार ९२३ सक्रिय संक्रमितको उपचार भइरहेको पनि मन्त्रालयले बताएको छ ।
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा भएको र संक्रमण शून्य हुने जिल्लाको संख्या ८ पुगेको बताए । जसमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, जुम्ला र हुम्ला जिल्ला रहेका छन् ।
News Desk 0 response आइतवार, साउन ४, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३



