

-
काठमाडौं । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ ।
कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १० उपसमूहमध्ये नौ उपसमूहको शेयर बढेको छ भने सामूहिक लागनी कोष तटस्थ देखिएको छ । बैंकिङ ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत् ३६.३६, वित्त ९.०१, निर्जीवन बीमा २०२.४, उत्पादन १४१.७८, अन्य ४९.३३, लघुवित्त ९२.३९ र जीवन बीमा ५४८.६६ अङ्कले बढेको छ ।
सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था, नबिल बैंक, एनआइसी एसिया बैक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै नेपाल पुनर्बीमा कम्पनी ९.९८, एभरेष्ट बैंक ९.९६, हिमालयन डिष्टिलरी ९.९५, ज्योति विकास बैंक ९.९४ र एनएमबी बैंकका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए ।
News Desk 0 response आइतवार, साउन ४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



